Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) की सांसद रोशन कार्कीले गृहप्रशासन निरंकुश र मण्डलेकरण भइरहेको आरोप लगाएकी छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद कार्कीले सरकार निरंकुश भएको आरोप लगाएकी हुन्। ुयो सरकार निरंकुश भइरहेको छ । यो सरकार मण्डलेकरण गरिराखेको छ । गृहप्रशासनले आफूलाई मण्डलेकरण गरिराखेको छ, उनले भनिन्, संसद्‌भित्र आएपछि मैले के पाएँ भने सभामुख महोदय, यो त ढाँट्ने थलो रहेछ, आत्मसम्मान धितो राख्ने ठाउँ रहेछ। योजस्तो नीरस ठाउँ त केही रहेनछ। बोलिँदो रहेछ, बोलेको कुरा सुनिँदो रहेनछ। उनले संविधानको धारा २७० निलम्बन भएको हो भनी प्रश्न गरिन्। सामाजिक सञ्जालमा लेखेकै भरमा पक्राउ गरिनु आपत्तिजनक रहेको…

Read More

काठमाडौं । पशुपति क्षेत्र विकास कोषअन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । शनिबार प्रहरीले पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात जनालाई जुवातास खेलिरहेको अवस्थामा नगदसहित पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त गौशाखाका प्रमुख प्रहरी नायव उपरीक्षक ( डिएसपी )  सुकदेव खनालले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको पुष्टि गरे । खनालले अभियुक्तमाथि अनुसन्धान कार्य अघि बढाइएको बताए । ‘पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । शनिबार बिदा भएकाले आइतबारदेखि आवश्यक कानुनी प्रक्रिया अघि बढ्छ,’ उनले भने। यसैबीच, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले अमालकोट कचहरीभित्रै…

Read More

काठमाण्डौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गरे। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सांसद शिव नेपालीले भने, अहिले घरघरमा अँध्यारो भइरहेको हुन्छ, बत्ती झ्यापझ्याप गइरहेको छ, यसका कारणबारे जानकारी गराइ यथाशीघ्र समस्या समाधान गर्न आग्रह गर्दछु । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का सांसद सूर्यमान तामाङ ( दोङ ) ले विद्युत् प्राधिकरणको लापरबाहीका कारण विद्युतका क्षेत्रमा काम गर्ने कामदारको अनाहकमा मृत्यु भइरहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए। हिजोका दिन लोडसेडिङ अन्त्य भएको थियो। पछिल्लो…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेशी तोकिएको छ । आज ( आइतबार )  उक्त रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा तोकिएको छ । योसँगै उक्त बन्दीप्रत्यक्षीकरण आज पनि हेर्न नमिल्नेमा पर्ने निश्चित छ । उक्त रिट अघिल्लो पटक पनि न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा तोकिएको थियो । हेर्न नमिल्ने भन्दै यसअघि न्यायाधीशद्वय उक्त मुद्दाबाट पन्छिएका थिए । लामिछानेको रिट आजसम्म पाँचौं पटक हेर्न नमिल्नेमा परिसकेको छ । लामिछाने अहिले सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशले जिल्ला कारागार कार्यालय…

Read More

काठमाडौं । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोगका प्रमुख तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका प्रतिनिधि तथा राजदूतहरूका लागि ‘रिट्रिट’ कार्यक्रमको आयोजना गरिएको थियो । मन्त्रालयले प्रायः हरेक वर्ष गर्ने यो कार्यक्रम यसपटक पूर्वी इलामको श्रीअन्तुमा आयोजना गरिएको थियो । नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूका लागि आयोजित सो रिट्रिटमा इलामका चिया बगान र अन्तु पुगेका राजदूतहरूले अन्तु डाँडाबाट यस वर्षको पहिलो दिनको सूर्योदय पनि बडो चाखपूर्वक हेरेका थिए । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नेतृत्वमा त्यहाँ पुगेका राजदूतहरूले विभिन्न जातजातिका वेशभूषामा सजिने, चियाबगानमा तस्बिर खिचाउने तथा कतिपयले त कन्यामका विभिन्न स्थानमा घोडचडीमा समेत रमाएका थिए ।…

Read More

राकम कर्णाली । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सञ्चालित मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ। प्रवेशसँगै पहिलो कार्यक्रमका रूपमा सुर्खेतको राकम कर्णालीमा जनसंवाद सम्पन्न भयो। सुदूरपश्चिमको बैतडी पाटनबाट सुरु गरिएको अभियान अछाम हुँदै दैलेखको कर्णाली पुल पार गरी राकम कर्णालीमा प्रवेश गरेको हो। अभियान अन्तर्गत आज दिउँसो १ बजे दैलेख सदरमुकाममा भव्य जनसभा आयोजना हुने कार्यक्रम रहेको छ। राकममा सम्पन्न जनसंवाद कार्यक्रममा अध्यक्ष दाहालले जनतासँगको सम्बन्ध सुदृढ गर्न, सुशासन प्रवर्द्धन गर्न र भ्रष्टाचारविरुद्ध आवश्यकता परे नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए। उनले भने, ुमध्यपहाडी क्षेत्रमा विकासबाट पछाडि परेका जनतालाई समेटेर समृद्धिको बाटो…

Read More

विराटनगर । कोशी प्रदेशसभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सातौँ अधिवेशनको पहिलो बैठक आज दिउँसो बोलाइएको बताए । प्रदेशसभा सचिवालयका अनुसार सरकारले ल्याएको प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ प्रदेशसभा बैठकमा टेबुल हुनेछ । प्रदेश सरकारको वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बर्खे अधिवेशनका लागि प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले जेठ ४ गते ९आज०का लागि बैठक आह्वान गरेका हुन् ।

Read More

सोलुखुम्बु । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् । जेठ ४ गते बिहान ९स्२० बजे उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत र वङ्दी शेर्पाले जानकारी गराएका छन् । सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । तराई पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देश सहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र…

Read More

काठमाडौँ । बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ । पर्वतीय उडान (माउन्टेन फ्लाइट)मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुना ‘माउन्टेन फ्लाइट’मा जानुभएको थियो । यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए । करिब एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले नीलो आकाशमुनि चाँदीका घेराझैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यावलोकन गरेका थिए । साहसिक गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयोे । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक  पहिलोपटक आयोजित…

Read More

गोरखा । गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाले । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्याएका थिए । उनीजस्तै अरु ४८ जनाले पनि अब आँखा देख्न थालेका छन् । आफ्नै गाउँमा गत मङ्गलबार, बुधबार र बिहीबार आयोजना गरेको शल्यक्रिया शिविरमा गुरुङको आँखाको शल्यक्रिया गरिएको थियो । निर्धारित समयमा वरिष्ठ आँखारोग विशेषज्ञ कमलबहादुर खड्का नेतृत्वको टोलीले धमाधम आँखाको पट्टि खोल्न थाल्यो । उनको पालो सबैभन्दा पछि थियो । जब चिकित्सकले गुरुङको आँखाको पट्टि खोले, उनी बसिरहेको कुर्चीबाट उठे र विस्तारै आँखाका परेला खोल्न थाले । ‘एक दशकदेखि अन्धकार…

Read More