Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार आजको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ लाई पारित गरियोस् भनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रस्ताव गर्ने सम्भावित कार्यसची छ । पूर्वाधार विकास समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ । त्यस्तै राष्ट्रियसभाको बैठकमा सञ्चार…
काठमाडौँ । राजावादीले गरेको चैत १५ गतेको तीनकुने घटनाका मुख्य योजनाकार मानिएका व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । आइतबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनालाई अनुसन्धानका लागि थप ४ दिन म्याद दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। पछिल्लो पटक प्रसाईंविरुद्ध वैशाख ३० गते ५ दिन म्याद थप भएको थियो । प्रसाईंविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ । चैत १५ गते प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेकोमा चैत २८ गते प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरीचैत २९…
रसुवा । रसुवा भन्सार नाकाबाट करिब ७ किलो सुन बरामद भएको छ । केरुङबाट स्याउ लिएर आउको कन्टेनरमा उक्त परिमाणको सुन बरामद भएको हो । रसुवा भन्सार कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईले ७ वटा बिस्कुट र केही साना टुक्रामा सुन बरामद भएको जानकारी दिएका छन् । प्रमुख भट्टराईका अनुसार बरामद सुनको तौल करिब ७ किलो ६ सय ग्राम रहेको छ । सीमावर्ती चिनियाँ बजार केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा नाकामा खानतलासी गर्दा सुन बरामद भएको उनले बताए । चालकको सिटनजिकै फल्स बटम बनाएर सुन राखिएको उनको भनाइ छ । चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…
विराटनगरमा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र ल्याउनु प्रतिगमन नभएको दाबी गरेका छन् । आइतबार विराटनगरमा पत्रकार सम्मेलना गरी थापाले राजतन्त्र ल्याउनु प्रतिगमन नभएको दाबी गरेका हुन् । थापाले आफूहरूलाई बदनाम गराउने उदेश्यले प्रतिगमन भन्ने गरिएको बताए । उनले प्रतिगमन भनेको कम्युनिस्टहरू भएको जिकिरसमेत गरे । उनले भने ‘राजतन्त्र ल्याउनु प्रतिगमन हैन वास्तविक प्रतिगमन भनेको कम्युनिस्टहरू हुन् ।’ थापाले हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले जेठ १५ गते देखि संयुक्त जनआन्दोलनको घोषणा गरिएको बताए ।काठमाडौं केन्द्रित जन आन्दोलन शान्तिपूर्ण हुने पनि थापाले स्पष्ट पारे । उनले काठमाडौं केन्द्रित जन आन्दोलनमा पहिलो दिन २ लाख मानिस सहभागी हुने…
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको बताएका छन् । पोखरा महानगरपालिका–२६ स्थित गण्डकी आयुर्वेद अस्पतालको अन्तरङ्गलगायत सेवाको आज शुभारम्भ गर्दै उनले सरकारले आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिने बताए ।सरकारको आगामी आर्थिक वर्षको बजेटमा अन्य मन्त्रालयको बजेट घटे पनि स्वास्थ्यतर्फको बजेट नघट्ने र गत वर्षभन्दा केही बढ्ने उनको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले पछिल्लो समय आयुर्वेद चिकित्साप्रति आकर्षण बढिरहेको र यसको विकास तथा विस्तारका लागि सरकार लागेको बताए । उनले नेपाल जटिबुटीका लागि हामी सम्पन्न रहेकाले यसको उपयोगतर्फ लाग्नका लागि आयुर्वेद चिकित्सालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सरकारले प्रदेशमा रहेका…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगरप्रमुख ९हाल निलम्बित० भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज ( आइतबार ) ५६ करोड ७१ लाख ७ हजार दुई सय ९९ बिगो मागदाबीसहित मेयर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । थापाविरुद्ध वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिटी, बालुवा उत्खनन गरी परेको खाण्डोमा संघीय सरकार, प्रदेश सरकारलगायतबाट अनुदान लिएर माछा पालन पोखरी बनाई सरकारी सम्पत्तिको दुरुपयोग गरेको अख्तियारको आरोप छ । बागमती नगरपालिकाको वडा नं. ४ र १२ मा वन क्षेत्र अतिक्रमण गरी ‘वन क्षेत्रमा अतिक्रमण गरी ढुङ्गा, गिटी, माटो, बालुवा आदि वनपैदावार गैरकानुनीरुपमा उत्खनन…
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राखे । त्यस्तै बैठकले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ पारित गरेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको विधेयकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी सर्वसम्मतिले पारित गरेको थियो । त्यस्तै बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई वटा विधेयक प्रतिनिधि सभाको सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार बैठकमा दुवै विधेयकलाई दफावार छलफलका लागि समिति…
काठमाडौँ । प्रथम ‘सगरमाथा संवाद २०२५’ को समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार समापन सत्रमा परराष्ट्र मन्त्री डा।आरजु राणा देउवाले उक्त घोषणापत्र सार्वजनिक गर्दै विश्व समुदायलाई जलवायु सङ्कटविरुद्ध एकजुट भई कदम चाल्न आह्वान गरिन् । समापनपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सगरमाथा संवादमार्फत हिमाल मात्र नभई समुन्द्र सतहसम्म प्रभावित हुनेहरूसम्मको सरोकार उजागर गर्न खोजिएको बताए । ‘यो नेपालको मात्र विषय होइन, यो सबैको साझा विषय हो’, उनले भने, ‘विकासोन्मुख र अति कमविकसित देशलाई आवश्यक सहयोग नपुगेमा लिएका लक्ष्य पूरा गर्न सकिँदैन ।’ उनका अनुसार…
काठमाडौं । प्रहरी महानिरीक्षक ९आईजीपी० दिपक थापाले व्यवस्था र संविधानविरोधी तत्व निकै सल्बलाएको भन्दै नियन्त्रणका लागि कठोरतापुुर्वक लाग्न निर्देशन दिनुभएको छ । आइजीपी थापाले संबिधानबिरोधी तत्वको सल्बलाहटलाई अत्यन्तै गम्भीरतापूर्वक लिन पनि मातमतका निकायलाई आदेश दिनुभएको छ । आइतवार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै आइजीपी थापाले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शन हिंसात्मक हुनसक्ने सूचना पाएको भन्दै हाइ अलर्ट ९उच्च सतर्क० रहन निर्देशन दिनुभयो । ‘ जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शन हिंसात्मक हुनसक्ने सूचना आइरहेको छ,’ मातहतका अधिकारीलाई निर्देशन दिँदै आइजीपी थापाले भन्नुभयो, ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई आज बधाई दिनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा पनि विजेता बन्ने शुुभकामना गर्नुभयो । अखिल नेपाल टेबल टेनिस सङ्घद्वारा गत २४ देखि २७ अप्रिलसम्म काठमाडौँमा आयोजित प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित नेपालले १२ पदक जितेको थियो । प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण प्राप्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले विजेता र सहभागीलाई टेबल टेनिस…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क