Author: Editor

कंचनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् । राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्विपक्षीय भेटमा निरन्तर छलफलका साथै पत्राचारसमेत भइरहेको बताए। कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारतकातर्फबाट पानी छोड्ने निर्णय आउने विश्वासमा रहेको मन्त्री घिसिङ बताए ।

Read More

काठमाडौँ । नेकपा ( एमाले )  को ११ औँ राष्ट्रिय महाधिवेशनको पाँचौ दिन आज विहानदेखि मतदान सुरु भएको छ । अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा विहानै मतदान गर्नुभएपछि विहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो । भृकुटीमण्डपमा जारी महाधिवेशनस्थलमा बिहानैदेखि प्रतिनिधिहरू मतदान गरिरहनुभएको छ । एक पटकमा ५० जनाले मतदान गर्न पाउने व्यवस्था एमाले केन्द्रीय निर्वाचन आयोगले मिलाएको छ । मतदान प्रक्रिया सकिन करिब चार बज्ने र आजै परिणाम आउने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

Read More

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । आयोगको बुटवलस्थित कार्यालयले अस्पतालको नाममा पत्राचार गरी अनियमिततासम्बन्धी विवरण माग गरेको हो । जिल्ला अस्पतालमा लामो समयदेखि पटक–पटक मेडिकल सुपरिटेन्डेन्ट ( मेसु )  भई प्रशासन चलाएका डा। नूरुल होदासहित तत्कालीन व्यवस्थापक र प्रशासनका कर्मचारीहरूको मिलोमतोमा विभिन्न क्षेत्रमा गैरकानुनी र अनियमितताका कार्य भएको आशङ्का गरिएको छ । अनियमितताको रहस्य बाहिरिँदै गत कात्तिक महिनामा अस्पतालका अध्यक्ष जगदीश चौधरीले करोडौँ मूल्यका उपकरण, औजार र मेसिनरीहरूको लगत विवरण तयार पार्न जिम्मेवारी तोकेपछि अनियमितताका शृङ्खलाहरू बाहिर आउन थालेका हुन् । कर्मचारीहरूका…

Read More

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणामा अप्रिलमा बेइजिङ जाने भएका छन्। उनले सिलाई अर्को वर्ष अमेरिकामा राजकीय भ्रमणका लागि निमन्त्रणा दिएका छन्। दुवै नेताबीचको टेलिफोन वार्तामा युक्रेन, ताइवान, व्यापार, फेन्टानिल नियन्त्रण र सोयाबिन खरिदबारे छलफल भएको छ। चीनले ताइवानको विषयलाई युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको “अभिन्न अंग” भनेको छ, तर ट्रम्पले सार्वजनिक रूपमा यसबारे केही उल्लेख गरेनन्। चीन–जापान तनाव चर्कँदै जाँदा भएको वार्तामा सिले युक्रेनमा दीर्घकालीन शान्ति आवश्यक रहेको बताए। चीनले हाल अमेरिकी रासायनिक पदार्थ आयातमा कडाइ गरेको छ भने अमेरिकाले केही कर घटाएको छ। ट्रम्पका अनुसार, दुई देशबीचको व्यापार सम्बन्ध “सकारात्मक दिशामा” अघि बढिरहेको छ।

Read More