Author: Editor
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ । पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बन्द सूची पेस गर्ने दलले समावेशीको समूह ९क्लष्टर० मिलाएरनमिलाएको लगायत विवरण जाँच गरी सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको जानकारी दिए । उनले बुधबार १२ दलका प्रतिनिधिको रोहबारमा छलफल भएको बताउँदै आज पनि १२ दलसँग छलफल गर्ने तालिका रहेको जानकारी दिए ।…
काठमाडौँ । जेनजी आन्दोलनताकका गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ। भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकमाथि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद फुकुवा गरेको हो। बुधबार पुरक बयानपछि आयोगले उनीविरुद्धको स्थान हद फुकुवा गरेको हो। आयोगले बिहीवार गृह मन्त्रालयमार्फत स्थान हद फुकुवा गरेको जानकारी गराइसकेको छ। गत असोज १२ गते स्थान हद लगाएको थियो।
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम(मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलका नेतासँग छलफल गरी निर्णय गर्ने बताए । नेकपा एमालेका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले आफ्नोले पार्टी आगामी संसदीय निर्वाचनबाट नभाग्ने बताउँदै यसका लागि सरकारले निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । मुख्यमन्त्री कार्कीले सोही कार्यक्रममा एमालेको ११औँ महाधिवेशनमा मोरङबाट केन्द्रीय सदस्य जीवन घिमिरे, ऋषिकेश पोखरेल, दिलीप अग्रवाल र पर्शुराम बस्नेतलाई बधाई दिएका थिए । यस वर्षको शालिग्राम(मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट…
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अध्यक्ष दुर्गा प्रसाईँले आफूले अघि सारेको माग सम्बोधन गर्न प्रधानमन्त्रीले आइतबारसम्म समय मागेको बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब आइतबारसम्म प्रधानमन्त्रीलाई कुर्ने बताए। उनले भने, ‘प्रधानमन्त्रीले हामीलाई आइतबारसम्मको समय दिनुस् भन्नुभएको छ। आइतबार दुई पक्ष बसेर सम्झौता गर्ने र सोमबारको मन्त्रिपरिषद् बैठकबाट कार्यान्वयनको निर्णय गरौँ भन्ने कुरा छ। आइतबार सक्ने नसक्ने भन्छु भन्नुभएको छ।’ आइतबारसम्म सम्झौता नभए आन्दोलनमा जाने चेतावनी दिए। नेपाल सबैको साझा रहेको भन्दै एउटा पक्षलाई रुवाएर चुनावमा जान नसकिने उनले बताए। उनले प्रधानमन्त्री कार्कीलाई जनमत सङ्ग्रहमा जान प्रस्ताव राखेको बताए। उनले थपे, ‘संसदबाट…
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको लागि भन्दै हल बुकिङ गरेका छन् । बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनका लागि हल बुकिङ गरिएको एक केन्द्रीय सदस्यले रिपोर्टर्स नेपाललाई जानकारी दिए । कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको सहमतिमा विशेष महाधिवेशनको लागि हल बुकिङ गरिएको बताइएको छ । ‘बुधबार हामीले विशेष महाधिवेशनका लागि भनेर हल बुकिङ गरिसकेका छौं । विशेष महाधिवेशनको लागि महामन्त्रीहरु विश्वप्रकाश शर्मा र गगनकुमार थापा पनि सकारात्मक नै हुनुहुन्छ । अब विशेष महाधिवेशनको विकल्प छैन,’– ती केन्द्रीय सदस्यले भने । कांग्रेस १४औं महाधिवेशनका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका थिए…
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापा विशेष महाधिवेशनतर्फ अघि बढेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । कतिपय नेता तथा कार्यकर्ताले पार्टी नै विभाजनमा पर्ने हो कि भनेर चिन्तासमेत व्यक्त गर्न थालेका छन् । विशेष महाधिवेशनपक्षधर त महाधिवेशनको लागि अघि बढिसकेको छ । त्यसको लागि भृकुटीमण्डपमा हल बुक गर्ने काम भएको छ । आज साँझ महामन्त्रीद्धयलाई सभापति देउवाले छलफलको लागि बोलाएको भनिएको थियो । तर, अन्तिममा आएर देउवाले उनीहरुलाई भेटन दिएनन् । आजको भेट भोलिको लागि तय भएको देउवाको सचिवालयले जनाएको छ । देउवाको सचिवालयले सभापतिको कार्यव्यस्तताको कारण आजको भेट नभएको भनिएको छ ।
काठमाण्डौं । नेपालबाट सन् २०२५ मा १५ लाख धेरै नेपाली विदेशिएका छन्। सन् २०२५ को जनवरी १ देखि डिसेम्बर ३१सम्म १५ लाख २३ हजार नेपाली विदेशिएका वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यस अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन्। सोही अवधिमा १० लाख १५ हजार ३ सय ७८ विदेशी पर्यटक नेपाल प्रवेश गरेको देखिएको छ भने ९ लाख ८२ हजार ५ सय ६१ जना विदेशी नेपालबाट फर्केको देखिएको छ। ‘विदेशी नागरिक अधिकांश घुम्ने प्रयोजनका लागि नेपाल आउने गर्छन्,’ निर्देशक ढकालले भने, ‘नेपालीहरु भने, ‘नेपालीहरू अध्ययनसँगै रोजगारीका लागि…
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपाललाई वैदेशिक शक्तिहरूले युक्रेन बनाउन खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुक बहुआयामिक संकटमा फसेको र यसबाट बाहिर निस्कन वामपन्थी तथा देशभक्त सक्तीहरूबिचको बृहत्तर एकता अनिवार्य रहेको बताए । खनालले विश्वको शक्ति सन्तुलनमा व्यापक परिवर्तन भइरहेको र पश्चिमा शक्तिहरूको वर्चस्व रहेको पुरानो विश्व व्यवस्था विघटनको दिशामा रहेको उल्लेख गरेका छन् । उनका अनुसार, अब विश्वमा न्याय र समानतामा आधारित नयाँ व्यवस्थाले आकार लिइरहेको छ, जसको प्रभाव नेपालमा पनि परिरहेको छ । देशको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै खनालले…
काठमाण्डौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशका पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेशनलिस्ट पार्टी ९बिएनपी० का अध्यक्ष बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी भएका छन्। पूर्वप्रधानमन्त्री जियाको उपचारका क्रममा यही पुस १५ गते ८० वर्षको उमेरमा निधन भएको हो। बङ्लादेशको ढाकामा बुधबार परराष्ट्रमन्त्री शर्माले पूर्वप्रधानमन्त्री जियाको पार्थिव शरीर राखिएको समाधिस्थल पुगेर नेपाल सरकारको तर्फबाट पुष्पगुच्छा अर्पण गरेको बङ्लादेशस्थित नेपाली दूतावासले जनाएको छ। परराष्ट्रमन्त्री शर्माले जियाका पुत्र तथा बङ्गलादेश नेशनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमानसँग भेट गरी नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट समवेदना व्यक्त गरेका थिए। सो अवसरमा मन्त्री शर्माले पूर्वप्रधानमन्त्री जिया बङ्गलादेशको राजनीतिक तथा लोकतान्त्रिक यात्रामा महत्त्वपूर्ण योगदान पुर्याउने विशिष्ट राजनेत्री रहेको…
काठमाण्डौं । अखिल नेपाल फुटवल संघ ( एन्फा ) को कार्यसमिति बैठकले कार्यसमितिको निर्वाचन माघ २८ गते झापामा गर्ने निर्णय गरेको छ। अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा एन्फा कम्प्लेक्स, सातदोबाटोमा बसेको कार्यसमिति बैठकले कार्यकाल सकिनु चार महिनाअघि नै निर्वाचन गर्ने निर्णय गरेको हो। ‘एन्फाको नियमित साधारण सभा यहि मिति २०८२ माघ २८ गते झापामा सम्पन्न गर्ने र संघको विधानको धारा ३१ को ुतुको निर्वाचनको व्यवस्था बमोजिम साधारण सभाको एजेण्डामा समावेश गरि एन्फा कार्यसमितिको अग्रिम निर्वाचन समेत गर्ने निर्णय पारित गरियो,’ एन्फा प्रवक्ता सुरेश शाहको भनाइ छ। कार्यसमिति बैठकमा अध्यक्ष पंकजबिक्रम नेम्बाङले नयाँ नेतृत्वका लागि माघ अन्तिम साता निर्वाचन गर्ने प्रस्ताव…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क