Author: Editor

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध दायर भएकामध्ये केही मुद्दा फिर्ताका लागि प्रयास गरिदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् । उनीमाथि विभिन्न जिल्ला अदालतमा सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरेको आरोप लागेको थियो । उनले महान्यायाधिवक्ता कार्यालयमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ता लिइदिन आग्रह गरेका हुन् । आफूमाथि राजनीतिक पूर्वाग्रहबाट लगाइएका मुद्दा फिर्ता हुनुपर्ने माग राखी थुनामुक्त नहुँदै पनि उहाँले निवेदन दिनुभएको रहेछ,’ महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘अहिले धरौटी र बैंक जमानतमा थुनामुक्त भएर आएपछि पनि फेरि पूरक निवेदन दिनुभएको छ ।’ महान्यायाधिवक्ता कार्यालयका अनुसार,…

Read More

काठमाण्डौं । महामन्त्री गगन थापाले नेपाली कांग्रेसको सभापति पदमा एक उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समितिका अनुसार भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। त्यस्तै, महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन्। पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ। विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ।

Read More

जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सो कुरा बताएका हुन् । उनले वर्तमान सरकार निर्वाचन गराउने म्यान्डेट लिएर बनेको सरकार रहेकाले निष्पक्ष निर्वाचन गराई छोड्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले भने– ‘यो सरकारको सुशासन तथा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउने म्यान्डेट रहेको छ । सोही लक्ष्य अनुरूप वर्तमान सरकारले काम गरिरहेको छ ।’ उनले स्वतन्त्र व्यक्तिहरूको नेतृत्वमा बनेको सरकारले दलीय पक्षधरता नराखी निर्वाचन गराउने प्रतिबद्धता समेत व्यक्त गरे । देशमा निर्वाचनको माहौल निर्माण भइसकेको दाबी गर्दै गृहमन्त्री अर्यालले यसका लागि…

Read More

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहले महाधिवेशन पक्षधरका नेताहरूलाई कारबाहीको तयारी गरेको छ। संस्थापन समूहका एक नेताले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मासहितका नेताहरूलाई कारबाही गर्ने तयारी भएको जानकारी दिए । विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया अगाडि बढाएर मनोनयनको अन्तिम सूची सार्वजनिक गर्न लागेपछि कारबाहीबाहेक अरु विकल्प नरहेको संस्थापन पक्षको निष्कर्ष छ। गगन थापाले सभापतिमा उम्मेदवार दर्ता गराएका छन्। निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरे लगत्तै कारबाहीको पत्र पठाइने संस्थापनका ती नेताको भनाइ छ।

Read More

काठमाडौं । बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले बोलाएको विशेष महाधिवेशन निर्णायक मोडतर्फ अघिबढेपछि अब कांग्रेस विभाजनको संघारमा पुगेको छ । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश गरेको पार्टीको आम संरचनात्मक सुधार लागयतका प्रस्ताव मंगलबार साँझ पारित भएका छन् । यी प्रस्ताव पारित हुँदै गर्दा महामन्त्री गगन थापाले आफूहरु विद्रोहमा सामेल भएकाले अब यही सन्देश लिएर जाने उद्घोष गरेका छन् । उनले अब कुनै पनि निर्णयहरू जारी महाधिवेशनको हल भन्दा बाहिरबाट नहुने भन्दै बाहिर चलिरहेको सहमतिको कोशिसले निष्कर्षमा पुन जटिल रहेको संकेत गरेका छन् । यता अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई कांग्रेसको भावी नेतृत्व र भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसको नेतृत्व र मुलुकको प्रधानमन्त्रीका रुपमा गगन थापालाई अघि लागेर जाने बताएका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको समापनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘सबैलाई लोकतान्त्रिक ढंगले, स्वस्थ ढंगले प्रतिस्पर्धा गरौं भनेर आउँदैछ । र नेपाली कांग्रेस पार्टी नेपाली कांग्रेसको नेतृत्व र मुलुकको प्रधानमन्त्री बन्नेगरी गगन थापालाई अघिल्तिर लिएर आउँदैछ भन्ने कुरालाई पब्लिकमा लिएर जानुपर्नेछ,’ शर्माले भने । नेतृत्व चयन गरिसकेपछि प्रतिनिधिहरु घर फर्किन मिल्ने भएपनि आफूहरु निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको उनले बताए । निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर आयो भनेर पर्खिरहेको हुने जिकिर उनले…

Read More

काठमाण्डौं । तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन, पानीको वाफको धुवाँ भनेर त तपाईँले खाइरहनुभएको त छैन । यदि त्यो हो भने तपाईँले पानीको वाफ भनेर सेवन गर्ने हुक्का चुरोटभन्दा हानिकारक हुन्छ । र सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्काले भविष्यमा क्यान्सरजस्तो घातक रोगको सुरुआती चरण बन्न सक्दछ । राष्ट्रिय स्वास्थ शिक्षा तथा सूचना केन्द्रका स्वास्थ्य प्रवर्द्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख उपेन्द्र ढुंगानाले युवामाझ हुक्का खाने प्रचलन बढ्दै गएको बताए । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ सार्वजनिक ठाउँमा हुक्का खानलाई प्रतिबन्ध गरे पनि रेष्टुरेन्ट, चियापसलमा…

Read More

काठमाण्डौं । मंगलबार पटक पटक सारेर बस्न नसकेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बुधवारलाई सारिएको छ। विशेष महाधिवेशन पक्षधरसँग संवाद जारी रहेकाले आज बैठक बस्न नसकेको हो। यद्यपि दिनभर संस्थापन पक्षका नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेका थिए। ‘कार्यवाहक सभापति ( पूर्णबहादुर खड्का )  संवादमै हुनुहुन्छ। त्यसैले आज बैठक बसेन,’ केन्द्रीय कार्यालयबाट बाहिरिँदै सहमहामन्त्री किशोरसिंह राठौरले भने, ‘अर्का उपसभापति धनराज गुरुङले छलफल सकारात्मक रहेको बताउनुभएको छ। हेरौँ के हुन्छ ? ’ कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले पार्टी अझै पनि एकताको प्रयासमा रहेको बताए। ‘हामी पार्टी नफुटोस्, एकताबद्ध रहोस् भन्नेमै प्रयासरत् छौँ। हाम्रो प्रयासले सकारात्मक नतिजा दिने विश्वास छ,’ उनले…

Read More

जनकपुरधाम । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रास्वपा अध्यक्ष रबि लामिछाने , काठमाडौं महानगरका मेयर बालेन साह र नेपाल विद्युत प्राधिकरण पूर्वप्रमुख कुलमान घिसिङप्रति पनि कडा टिप्पणी गरे। उनीहरूलाई लोकप्रियतावादको राजनीति गर्ने आरोप लगाउँदै आगामी निर्वाचनपछि उनीहरूको ‘प्रियतावादी हावाको बेलुन’ फुट्ने दाबी गरे। साहले  सरकारले सुशासन, भयरहित निर्वाचन र सुरक्षा वातावरण निर्माण गर्न सरकार असफल भएको बताएका छन्। मंगलबार धनुषा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत महेन्द्रनगरमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै साहले लुटिएका प्रहरीका हतियार फिर्ता नभएको, फरार कैदीबन्दी पक्राउ नपरेको र अपराध नियन्त्रणमा सरकार कमजोर देखिएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा निष्पक्ष चुनावप्रति जनविश्वास नबनेको दाबी गरे। उनले…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान प्रक्रिया बुधबार सम्मका लागि धकेलिएको छ। निर्वाचन समितिले मंगलबार राति नै मतदान गराउने तयारी गरे पनि समय अभावका कारण मनोनयन दर्ता बाहेकका अन्य कार्यक्रम भोलिका लागि सारिएको हो। निर्वाचन समितिले उम्मेदवारको मनोनयन दर्ताका लागि मंगलबार साँझ ६.३० बजेदेखि ७.३० बजेसम्मको समय निर्धारण गरेको छ। यसअघि दिउँसो २ बजेदेखि ३ बजेसम्म तोकिएको समय पटक–पटक सर्दै साँझ ५ बजे र पछि ६.३० बजे पुर्याइएको थियो। यसैबीच, महाधिवेशनको बन्दसत्र विगत ९ घण्टादेखि निरन्तर चलिरहेको छ। चिया तथा खानाका लागि ‘ब्रेक’ समेत नलिई भइरहेको बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सुरुदेखि…

Read More