Author: Editor
काठमाण्डौं । नेकपा एमालेका संगठन विभागका निवर्तमान प्रमुख एवं प्रभावशाली नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विश्राम लिने बताएका छन्। अधिकारीले पार्टीका कार्यकारी जिम्मेवारी र कमिटीहरूबाट अलग हुने निर्णय सार्वजनिक समेत गरेका छन्। पचास वर्ष लामो राजनीतिक यात्रा गरेका अधिकारीले नेकपा एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि आफू कहिल्यै नेता नभएको र राजनीतिकर्मी रहेको बताएका छन्। ११औँ महाधिवेशनमा केपी ओली प्यानलले उनलाई अनुशासन आयोगको अध्यक्षमा राखेको थियो । तर, अरुले पालो पाउनुपर्छ भन्दै अधिकारीले उम्मेदवारी नै दर्ता गरेनन् । अधिकारीले विगतको समीक्षा गर्दै आफूले सधैँ इमान र निष्ठाको राजनीति गरेको र पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर…
काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्नेगरी बैठक बोलाइएको छ । अध्यक्ष केपी शर्मा ओलीसहित सिङ्गो पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ विहीबार नै भइसकेको छ। एमालेको ११औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिसकेको छ । आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ । साथै, पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा पर्न सक्ने नेताहरूले बताएका छन्।
काठमाण्डौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई तीव्रताका साथ अघि बढाएको छ। जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गम्भीरताको आधारमा आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने सन्दर्भमा मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते स्वीकृत गरेको कार्यविधिका आधारमा वर्गीकरणलाई तीव्रता दिइएको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका अनुसार जिल्ला प्रशासन कार्यालयहरूले वर्गीकरणको सिफारिस गर्ने र सोही आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रमाणित गर्नेछ। कार्यविधि अनुसार घाइते भएका व्यक्तिको अपाङ्ताको आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्राविधिक समिति रहने छ। उक्त समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज उनी रिहा हुने भएका हुन् । उनी आफैँ रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले हिजो रिहा हुन सकेका थिएनन् । उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो । आदेशको अन्तिम बुँदामा बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मन्जुर हुने कागज गराउनुपर्ने उल्लेख छ । उक्त आदेशअनुसार लामिछानेलाई कागज गराएर मात्र रिहा गर्न सकिने रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी…
काठमाडौँ । सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को लिखित र प्रयोगात्मक ( ट्रायल ) परीक्षा यातायात व्यवस्था कार्यालय, बालाजुबाट पनि हुने भएको छ । नवीकरण र कर सङ्कलन गर्दै आएको कार्यालयले परीक्षा सञ्चालन तयारी थालेको छ । परीक्षा सञ्चालन प्रक्रिया अघि बढाइएको कार्यालयका प्रमुख चेतनाथ भट्टराईले जानकारी दिनुभयो । पूर्ण क्षमतामा सेवा प्रवाह गर्ने तयारीस्वरूप ट्रायल सेन्टरका लागि प्रस्ताव आह्वान गरिएको छ । उक्त प्रस्ताव पास भएपछि परीक्षा सञ्चालन हुने प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालाजु कार्यालयलाई लाइसेन्ससम्बन्धी पूर्ण सेवा दिने गरी काम अगाडि बढाइएको छ । ट्रायल सेन्टर छनोट प्रक्रिया अगाडि बढेको छ । अब छिट्टै सेवा सुरु गर्ने…
काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । गत असोज ५ गते बसेको मन्त्रीपरिषद् बैठकले कार्कीको नेतृत्वमा आयोग गठन गर्नुका साथै सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहनुभएको छ । मन्त्री खरेलले कार्की नेतृत्वको जाँचबुझ आयोगको काम पूरा नभएपछि एक महिना अर्थात् माघ ५ गतेसम्मलाई थप गर्ने निर्णय गरिएको जानकारी…
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् । निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् । केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ । एमालेको एघारौं महाधिवेशनमा अध्यक्ष ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावीमा प्रतिस्पर्धामा उत्रिएका थिए । तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै ओलीले असंवैधानिक ढंगले देशमा आगजनी र लुटपाट मच्चाएर गरिएको संसद् विघटन र सरकार गठन स्वीकार नहुने बताए । ओलीले अब प्रतिनिधि…
काठमाडौँ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ। तर, अदालतले उनलाई रिहा गर्नका लागि विदेश जान पूर्वजानकारी गराउनुपर्नेदेखि बैंक ग्यारेन्टी राख्नुपर्नेसहितका ५ वटा कडा सर्तहरू अघि सारेको छ। बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतको थुनामा पठाउने आदेशलाई बदर गर्दै लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गर्ने आदेश सुनाएको हो। अदालतले पीडित बचतकर्ताको रकम फिर्ताको सुनिश्चिततालाई नै पहिलो प्राथमिकता मान्दै लामिछानेले आफ्नो भागमा पर्ने दायित्व बराबरको बैंक जमानत स्वीकार गरेको जनाएको छ। उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ ।…
काठमाडौं — नेकपा (एमाले) को अध्यक्ष पदमा केपी शर्मा ओली लगातार तेस्रो पटक निर्वाचित भएका छन्। पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गरेका हुन्। निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय २७ मतमध्ये ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी पोखरेलले ५ सय ६४ मतमा सीमित भए। निर्वाचन प्रक्रियामा ३६ प्रतिनिधि अनुपस्थित रहेको आयोगले जनाएको छ। यससँगै ओलीले पार्टी नेतृत्वमा आफ्नो प्रभाव कायम राख्दै एमालेको अध्यक्ष पदमा तेस्रो कार्यकाल सुरक्षित गरेका छन्। यसअघि उनी २०७१ सालको ९औँ महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका थिए भने २०७८ सालको १०औँ महाधिवेशनबाट दोस्रो…
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार ( पुस ४ ) विश्वासको मत लिने भएका छन्। आज ( बुधबार ) उनले प्रदेश सभा सचिवालयलाई पत्र लेखेर विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्। पत्रमा शुक्रबार अपराह्न ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन्।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क