Author: Editor

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएपछि चितवनमा सार्वजनिक कार्यक्रममा सरिक भए । पार्टीले आयोजना गरेको चौविसकोठीको कार्यक्रममा उनले कारको हुटमा उभिएर सम्बोधन गरेका थिए । उनले सो क्रममा देशमा परिवर्तन चाहनेहरूलाई एकैठाउँमा ल्याउन आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए । तर, चुनावको लागि मात्रै हो भने सहकार्य नहुने उनको प्रतिक्रिया छ । उनले चितवनले आफूलाई सधैं न्याय गरेको पनि बताए । उनले परिवर्तनको लागि देशका मिल्नुपर्नेहरु एक ठाउँमा उभिने र मिलेरै छोड्ने पनि घोषणा गरे । लामिछानेले अब जेनजी युवा पुस्ताको साथ लिएर देश निर्माण गर्ने बताए । उनले भने,‘हामी चुनाव कुरेर बसेका थियौँ,…

Read More

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको लागि सरकारले आफ्नो तर्फबाट सबै तयारी पूरा गरेको स्पष्ट पारेकी छिन् । सरकारको नेतृत्व गरेको एक सय दिन पूरा भएको अवसरमा भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारी पूरा गरेको दाबी गरेकी हुन् । सम्बोधनको क्रममा उनले भनेकी छिन,‘सुरक्षाको सवालमा हामीले कुनै कसर बाँकी राखेका छैनौँ। एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको छ। आन्दोलनका क्रममा लुटिएका १ हजार ३४२ थानमध्ये अधिकांश हतियार बरामद गरिसकिएको छ। यस अतिरक्त अन्य ३२ थान हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको छ। क्षतिग्रस्त भएका ४६५ वटा प्रहरी कार्यालयहरूलाई पुनः सञ्चालनमा ल्याई सुरक्षा व्यवस्थालाई…

Read More

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अहिले वैचारिक इतिहास नभएकाहरु देशमा हाबी भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले स्टन्टबाजी गरेकै भरमा ती तत्वहरु देशमा हाबी भएको भन्दै सोसल मिडियामा स्टन्ट गरेकै भरमा समाजलाई भ्रमित पार्ने काम गरेको चिन्ता व्यक्त गरे । आज ९शनिबार० काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले आफूहरुले नेतृत्व गरेको नेकपा कुनै स्टन्टबाजमा आधारित नभएर विचारमा आधारित भएर अघि बढ्ने विश्वास दिलाए । उनले भदौ २४ गते भएको विध्वंशको अवस्थाले नेपाल केही समय राज्यविहीनताको अवस्थामा रहेको स्मरण गराए । देशको राष्ट्रिय स्वाधिनता, आत्मनिर्णयको अधिकार र नेपाली जनताको सार्वभौमसत्ता नै खतरामा…

Read More

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन्। शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर छुटेका हुन्। धरौटी बुझाएर छुटेपछि कार्यकर्ता र शुभचिन्तकको माझ उनले न्यायको लडाइँ अझै लड्न बाँकी भएको बताएका छन्। ‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ,’ उनले भने,‘ मैले अझै धेरै लड्नु नै छ। मैले मेरा लागि नभई तपाईं र यो देशको न्यायको लागि लड्नुपर्नेछ। यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। त्यो सबको हिसाब गर्नुछ।’ उनले…

Read More

काठमाडौं । प्रतिनिधिसभा पूनःस्थापनाको लागि रिट लिएर सर्वोच्च अदालत पुगेका विघटित प्रतिनिधिसभाका मुख्य दुई ठूला दलहरु नेपाली कांग्रेस र एमाले फेरि पूरक रिट लिएर जानेगरि तयारीमा जुटेका छन् । दुवै दलले आ–आफ्नो तर्फबाट हस्ताक्षर संकलन सुरु गरेका छन् । पुष २ गते बुधबारबाट नै कांग्रेस र एमालेले विघटित प्रतिनिधिसभामा रहेका आफ्ना दलका सांसदहरुको हस्ताक्षर संकलन थालेका हुन् । एमालेका युवा नेता महेश बर्तौलाले पनि दुवै दलको तर्फबाट हस्ताक्षर संकलन भइरहेको जानकारी दिए । उनकाअनुसार सरकार बनाउनको लागि आवश्यक बहुमतभन्दा बढि सांसदहरुको हस्ताक्षर संकलन गरिने र पूरक रिटमामार्फत बुझाईनेछ । यसअघि एमाले छुट्टै र कांग्रेसका पनि निवर्तमान ८ जना सांसदहरुले प्रतिनिधिसभा…

Read More

काठमाडौं । काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेल शनिबार हुँदैछ। खेल त्रिपरेश्वरस्थित दशरथ रगंशालामा साँझ ५ बजे सुरु हुनेछ। पहिलो पटक आयोजना भइरहेको साफ महिला क्लब च्याम्पियिनसिपको फाइनलमा नेपालको एपीएफ क्लब र भारतको इस्ट बंगाल क्लबबीच प्रतिस्पर्धा हुँदैछ। गत मसिंर १९ गते सुरु भएको च्याम्पियनसिपमा कूल ५ टोलीले सहभागीता जनाएका छन्। फाइनल अघिको प्रि(म्याच कन्फ्रेन्समा फाइनलका लागि तयार रहेको दुवै टोलीले बताए । एपिएफ क्लबका प्रशिक्षक जिवेश पाण्डेले टोली फाइनल खेल्न तयार रहेको बताए। हाम्रो टोली फाइनल खेल्न तयार रहेको छ, पछिल्लो खेलहरुमा भएको कमी कमजोरी माथि वर्कआउट गरेर हामीले तयारी गरेका छौ प्रशिक्षक पाण्डे भन्छन्, शनिबार हुने…

Read More

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनका सात दलसहित विपक्षी दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादीका सांसदले पनि समर्थन गरेपछि उनले शुक्रबार प्रदेशसभामा शतप्रतिशत विश्वासको मतप्राप्त गरेका हुन्। बैठकमा उपस्थित ९२ सांसदले नै मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका हुन्। मधेस प्रदेशका मुख्यमन्त्रीले संसद् बैठकमा उपस्थित सबै सांसदको विश्वासको मत पाएको यो दोस्रो पटक हो। यसअघि जसपा नेपालका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले पनि बैठकमा उपस्थित १ सय २ सांसदले विश्वासको मत दिएका थिए । विश्वासको मतका लागि प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा ९२ सांसदले मतदान गरेपछि उपसभामुख बबिता राउतले…

Read More

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएको निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेका छन्। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारबाट सिफारिस आएको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ( पहिलो संशोधन)  अध्यादेश, २०८२’ राष्ट्रपति पौडेलले जारी गरेका हुन्। सरकारले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा निर्णय गरेर निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

Read More

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने रिहा भएका छन् । लामिछाने कुल दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन्। उनी सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा थुनामा थिए । आज उनी भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा बैंक जमानत बुझाएर छुटेका हुन् । काठमाडौं । रास्वपा सभापति रवि लामिछाने अदालतको आदेश अनुसार रिहा भएका छन् । आज जिल्ला अदालत रुपन्देहीमा कागजी प्रक्रिया पूरा गरेपश्चात उनी छुटेका हुन् । लामिछाने भैरहवाबाट चितवन प्रस्थान गर्ने रास्वपा नेता गणेश पराजुलीले बताए। चितवनमा भोलि रविले स्थानीय नेता–कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट गर्नेछन् । उनी भोली साँझ काठमाडौं फर्किने कार्यक्रम…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेलाई भैरहवा लैजान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुर्याइएको छ । उच्च अदालत तुलसिपुर, बुटवल इजलासले रिहा गर्न आदेश दिएसँगै कानुनी प्रक्रिया पुरा गर्न उनलाई भैरहवा लैजान लागिएको हो । उनी पहिलो उडानमा भैरहवा जान लागेका हुन् । आज अदालतमा बिगो रकम बुझाएर आज तारेखमा जेल मुक्त हुने तयारीमा रहेका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई बिगो बराबरको जमानत लिएर रिहा गर्न आदेश दिएपछि उनलाई आज रुपन्देही जिल्ला अदालतमा उपस्थित गराएर छोड्ने तयारी भइरहेको छ । लामिछानेलाई आवश्यक बैंक जमानत पहिले नै बुझाइसकेकाले अब प्रशासनिक प्रक्रिया मात्रै बाँकी रहेको…

Read More