Author: ट्रान्सपेरेन्टखबर
सोल । दक्षिण कोरियाली संसद्ले राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पास गरेको छ । शनिबार भएको मतदानमा २ सय ४ सांसदले राष्ट्रपति योओलविरुद्धको महाभियोग प्रस्तावको पक्षमा मत दिएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ८४ सांसदले भने महाभियोगको विपक्षमा मतदान गरे । ८ मत बदर भएको र ३ सांसद तटस्थ बसेका छन् । महाभियोग प्रस्ताव पारित भएसँगै राष्ट्रपति युन पदबाट स्वतस् निलम्बित भएका छन् । सं सद्बाट महाभियोग प्रस्ताव पारित भएसँगै युनले अब संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ । उनीविरूद्धको महाभियोग प्रस्तावबारे ९ सदस्यीय अदालतले अन्तिम निर्णय लिनेछ । तीमध्ये ६ न्यायाधीश महाभियोगको पक्षमा रहेको खण्डमा राष्ट्रपति पद रिक्त हुनेछ । त्यसको ६०…
म्याग्दी । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको भवन निर्माण कार्य आठ वर्षसम्म पनि पूरा भएको छैन । पाँच वर्षअघि सकिनुपर्ने ५० श्यया क्षमताको भवनको हालसम्मको भौतिक प्रगति करिब ८० प्रतिशत छ । भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए । “पचास श्यया क्षमता भए पनि १५ श्ययाको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ”, उनले भने “अस्थायी, पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।” म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले सात वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ…
कैलाली । कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ । ०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मंसिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो । पर्यटन व्यवसायी र स्थानीय तहको सक्रियातमा विमानस्थल सञ्चालनमा आउन लागेको हो । विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिटका लागि सुनिश्चिततासहित सहमति गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले जानकारी दिए । विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम र तारा एयरले परीक्षण उडान गरिसकेका छन् । टीकापुर विमानस्थलमा अहिले चारैतिरबाट काँडेतारको छेकबार छ भने धावनमार्गमा ग्राभेल गरिएको छ । विमानस्थलमा यही मंसिर ३० गते आइतबार पहिलो उडान हुनेछ…
काठमाण्डौं । १२औँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवअन्तर्गत रेमन्यान्ट्सले नेपाली पानारोमा अवार्ड जितेको छ। बिहीबार सम्पन्न महोत्सवमा धनराज बार्कोटेले निर्देशन गरेको यस फिल्मले अवार्ड हात पारेको हो। महोत्सवमा देवी वृत्तचित्रकी निर्देशक सुबिना श्रेष्ठले उत्कृष्ट महिला फिल्ममेकरको अवार्ड जितिन्। ब्ल्याक रेन इन माई आइजले उत्कृष्ट लघु वृत्तचित्र अवार्ड जितेको छ भने सर्ट फिक्सनजतर्फ द फर्स्ट फिल्मले अवार्ड जित्न सफल भयो। अवार्ड विजेताहरूलाई प्रतिनिधिसभाका सांसद ठाकुर गैरे, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, आयोजक नेपाल मानव अधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीलगायतले अवार्ड वितरण गरे। फिचर डकुमेन्टी अवार्ड ह्वेर वी युज्ड टू स्लिप वाईले जित्यो । फिचर फिक्सनतर्फको अवार्ड पायल…
काठमाण्डौं । मन्त्रिपरिषद्को विधेयक समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विधेयक पारित गरेको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले विधेयकको मस्यौदा संशोधनसहित पारित गर्ने निर्णय गरेको हो । विधेयकमा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान स्वीकृत भएको छ । वरिष्ठ हवल्दारसम्मका प्रहरीले १६ वर्षमा तथा असइ, सइ र वरिष्ठ सइले १८ वर्ष जागिर अवधि पुगेपछि पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाउनेछन् । तर, उनीहरूले पेन्सन भने जागिर सुरु गरेको २० वर्ष अवधि पुगेपछि मात्र पाउनेछन् । तल्लो तहका प्रहरीले लामो समयदेखि यस्तो व्यवस्थाका लागि माग गर्दै आएका छन् । त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी…
काठमाण्डौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा शुक्रबार मतदान भइरहेको छ। जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि एकैचोटी मतदान भएको हो। शुक्रबार बिहान १० बजेदेखि मतदान सुरू भएको हो भने अपराह्न ४ बजेसम्म मतदान गर्न पाइनेछ। नेपाली कांग्रेसनिकट प्रेस युनियन र नेकपा ९एमाले० निकट प्रेस चौतारीबीच गठबन्धन भएको छ भने नेकपा ९माओवादी केन्द्र० निकट प्रेस सेन्टरसहित विभिन्न ६ संगठनले अध्यक्षमा युनियनका बागी रमेश विष्टलाई समर्थन गरेका छन्। चुनावी मैदानमा अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाबीच प्रतिस्पर्धा भइरहेको छ। कांग्रेस र एमालेले पत्रकार महासंघ चुनावमा जिल्ला(जिल्लामा विज्ञप्ति निकालेर गठबन्धनका उम्मेदवारका पक्षमा भोट दिन अपिल गरेका छन्। भक्तपुर,…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन् । पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राष्ट्रपति नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । जस अनुसार पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङफेलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
काठमाडौं । छिमेकी मुलुक भारतको तमिलनाडु राज्यमा भारी वर्षाका कारण शुक्रबार मदुरै र तिरुनेलवेलीलगायत धेरै जिल्लाका विद्यालयहरू बन्द गरिएका छन् । पुडुचेरीमा पनि विद्यालयहरू बन्द रहने बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । शुक्रबार मदुरै र मायेलादुतुराई बाहेक अन्य प्रभावित जिल्लाका कलेक्टरले शुक्रबार विद्यालयमा बिदा दिने घोषणा गरेका छन् । तिरुनेलवेलीमा भारी वर्षाका कारण धेरै ठाउँमा पानी जम्मा भएको छ । बुधबार रातिदेखि तमिलनाडुका धेरै क्षेत्रमा भारी वर्षा भइरहेको छ । डिसेम्बर १३ सम्म यस्ता धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार भारी वर्षाको सम्भावनाका कारण चेन्नई, विल्लुपुरम, तंजावुर, माइलादुथुराई, पुडुक्कोट्टई, कुड्डालोर, डिंडीगुल, रामनाथपुरम, तिरुवरुर,…
काठमाडौं । विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । उनी शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । उनी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० हेर्न नेपाल आएका हुन् । छोरीसहित नेपाल आएका लारा ३ दिन नेपाल बस्नेछन् । वेस्ट इन्डिजका क्रिकेट खेलाडफ लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ । ५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् । यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी(२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै उनले आफू नेपाल…
काठमाण्डौं । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ। जामुने बजारदेखि कास्कीको सेती पुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवम् यात्रीलाई अनुरोध गरेको छ। रासस
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क