Author: ट्रान्सपेरेन्टखबर

विराटनगर । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गरिएको छ । बिहीबार बिहान बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे अधिवेशन आजै राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ । यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रकम बाँडफाँड गर्न स्वीकृत प्रदान…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का सांसद ज्ञानबहादुर शाही ९ज्ञानेन्द्र०ले पूर्वराजा ज्ञानेन्द्र शाहका बारेमा बोल्दा होस पुर्‍याएर मात्रै बोल्न गणतन्त्रवादी दलहरूलाई चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा उनले वामपन्थी दलहरूले आदर्शका रुपमा मान्दै आएका विदेशी नेताहरूको नाम उल्लेख गर्दैै पूर्वराजाका बारेमा बोल्दा होस पुर्‍याएर मात्रै बोल्न चेतावनी दिएका हुन् । ‘फागुन २५ गते हामीले गरेको स्वागत गरेको कसैका विरुद्ध आन्दोलन होइन । स्वागत गर्दा त मुटु हल्लियो, कलेजो थर्कियो । धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरूका विरुद्ध आन्दोलन गर्‍यो भने हालत के हुन्छ रु यो कुरा याद गरेर संसद्‌मा कुरा उठाइयोस्,’ सांसद शाहीले…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ मा सार्वजनिक गरेको भिडियो सन्देशमा ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्। बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले पूर्वराजाले नेपाली झण्डाको अपमान गरेर संविधान मिच्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन्। उनले संविधानविरोधी कदमहरु रोक्नसमेत सरकारको ध्यानाकर्षण गराए। उनले २०६५ सालमै शाही निशान छाप हटाएर नेपालको झण्डा राखिएको र संविधानमा समेत श्री ५ महाराजधिराज भन्ने शब्द नरहेको भन्दै यस्तो गर्न नदिन सरकारको ध्यानाकर्षण गराए। ‘फागुन ६ गते दिएको सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले श्री ५ महाराजाधिराज लेखेका छन् । शाही निशाना छाप…

Read More

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० का उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओलीमा आलोचना सुन्ने धैर्यता नै नरहेको बताएका छन् । आज ९बिहीबार० प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेता ज्वालाले प्रधानमन्त्री ओलीले आलोचना गर्नेहरुमाथि आक्रोश व्यक्त गर्ने गरेको बताएका हुन् । उनले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटका बारेमा सार्वभौम संसद्मा व्यापक बहस छलफल हुनपर्ने र यसले सरकारलाई पनि सहयोग गर्ने बताए । तर, प्रधानमन्त्री ओलीमा आलोचना सुन्ने धैर्यता नरहेको बताउँदै उनले भने, ‘यो सरकार संसद्बाट भाग्ने, संसद्लाई पन्छाउने होईन, संसद्सँग अन्तर्क्रियामा रहनुपर्छ । छलफल गर्नुपर्छ, सुझावहरु सुन्नुपर्छ, आलोचना पनि सुन्नुपर्छ । आलोचना सुन्ने त धैर्यता…

Read More

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहमा कर्मचारीको नियुक्ति लोकसेवा आयोगको सिफारिसमा योग्यताको आधारमा गर्ने गरिने र कर्मचारीको ज्ञान, सीप, अनुभव र कार्यक्षमताको आधारमा पदस्थापन र सरुवा गर्ने गरिएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्तासमेत रहेका प्रतिनिधि सभा सदस्य मनिष झाले ‘तपाईले नियुक्त गरेका कर्मचारीहरूको अक्षमतका कारण सरकार फेल भएको तथ्य स्वीकार्नुहुन्छ रु यदी हो भने तिनीहरूलाई कहिलेसम्म कारवाही गर्नुहुन्छ रु’ भनी राखेको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘माननीयज्यूको जानकारीका लागि– मैले कर्मचारी नियुक्ति गर्ने गरेको छैन । कर्मचारीहरुको नियुक्ति लोकसेवा आयोग मार्फत हुन्छ ।’ त्यसैगरी, कानुनविपरीत कार्य गर्ने कर्मचारीलाई कारवाही कहिले हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले संवैधानिक…

Read More

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१(८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा फागुन मसान्तसम्म रु दुई खर्ब ४१ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ९१ प्रतिशत…

Read More

काठमाण्डौं । आज संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक आज ९बिहीबार० बिहान ११ बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन् । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको कार्यूची राखिएको छ । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन् । अर्थमन्त्री पौडेलले निजीकरण ९पहिलो संशोधन० विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेलागत बैठकको कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ । आजको बैठकमा पनि शून्य समयमा…

Read More

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् ।बाढीपहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो । गत असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये साढे आठ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । त्यसरी क्षतिग्रस्त सडक खण्डको पुनःनिर्माण गर्न चार प्याकेजमा काम गरिने जनाइएको छ । क्षतिग्रस्त सडकखण्डमध्ये सिन्धुलीतर्फ भने पहिलो प्याकेजका रूपमा गत फागुन २८ गते ‘टेन्डर’ आह्वान गरिएको थियो । यसमा नेपालथोकदेखि वर्षेखोलासम्मको…

Read More

काठमाडौं । चर्चित गायक दुर्गेश थापाले विद्यालय शिक्षा परीक्षा ९एसईई० अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा गरेका छन् । सामाजिक संजालबाट बुधबार विज्ञप्ति जारी गर्दै उनले परीक्षा अवधिभर आफूलाई सम्पर्क नगर्न समेत भनेका छन् । उनले भनेका छन्, ‘मलाई धेरै महोत्सव तथा इभेन्टबाट कार्यक्रमको लागि कल आइरहेको छ । यदि मैले कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ । ध्यान भंग गर्छ अनि भविष्यमा असर पर्न सक्छ । यी कुरालाई मध्यनजर गर्दै एसईई परीक्षा अवधिभर मैले कुनै कार्यक्रम नगर्ने घोषणा गर्दछु ।’ उनले परिक्षा र मिहेनतमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘मलाई फेरि कमब्याक गराउने,…

Read More

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा ( एसइई )  आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ ।  राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा(१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुने लागेका छन् । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।परीक्षाका लागि २०७९ परीक्षा केन्द्र तोकिएको छ । १५० जनासम्म…

Read More