Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं। संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ । राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् । नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न…
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड रुपैयाँ भन्दा बढी राजस्व रकम सङ्कलन भएको छ। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका छन्। निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार सात सय ३० जना रहेका निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले जानकारी दिए। उनका अनुसार यस अवधिमा ३२ हजार आठ सय ८० नेपाली तथा पाँच हजार आठ सय ५१ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट निकुञ्ज प्रवेश शुल्कबापत पाँच महिनाको…
काठमाडौं। नेपाल प्रिमियर लिगको उपाधिको लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । आजको खेल दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ । उपाधि भिडन्तअगाडि सुदूरपश्चिम र जनकपुरबीच भएका दुई वटा प्रतिस्पर्धा सुदूरपश्चिमले जीत हात पारेको थियो । सुदूरपश्चिमले जनकपुरलाई लिगमा ७३ रन र पहिलो क्वालिफायरमा ८ विकेटको फराकिलो अन्तरले हराएको थियो। आन तेस्रोपल्ट यी दुई टोली आमनेसामने हुँदै छन्। दीपेन्द्रसिंह ऐरीले कप्तानी गरिरहेको सुदूरपश्चिम जारी एनपीएलकै सबैभन्दा लयमा रहेको टिम हो । यता, जनकपुर पनि सन्तुलित टिमका रुपमा देखिएको छ । लिगमा जनकपुरको कप्तानी अनिल साहले गरेका थिए । अहिले चोटका कारण टिमको कप्तानी आसिफ सेखले गरिरहेका छन् ।…
काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानको प्यारापिट र फ्लडलाइट निर्माणकार्य अब भने समयमै सम्पन्न हुने बताएका छन्। प्यारापिट र फ्लडलाइट निर्माणका लागि पुनः बोलपत्र आह्वान भएसँगै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत तीन सिफ्टमा काम गरेर निर्धारित समयमै सम्पन्न गर्ने बताएका हुन्। नयाँ सरकार बनेपछि असार ३१ गते मन्त्रिपरिषद्को पहिलो बैठकमार्फत प्रधानमन्त्री ओलीले तीन सय दिनभित्र त्रिवि मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेका थिए। ‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो। क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौँ। यसका लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्कासहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल…
काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गुनासो सुनुवाइ एकाइ ‘हेल्लो स्वास्थ्य १११५’ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न मातहतका अधिकारीलाई निर्देशन दिएका छन्। उनले विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत निर्देश गरेका छन्। मन्त्री पौडेलले नियमित रूपमा हेल्लो स्वास्थ्यमा आएका गुनासा सुन्दै सुधारका लागि अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन्। मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मी कार्यालय समयमा कार्यकक्षमा रही सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ। मन्त्रालयले मातहतका सबै…
काठमाण्डौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफ्नो नेतृत्वमा न्यायपालिका पारदर्शी बनाएको र संशय गर्ने ठाउँ नभएको बताएका छन् । न्यायालयले पारदर्शी भई काम गरिरहेकाले कतैबाट असर पर्ने काम गर्न नहुने उनको भनाइ छ । न्यायाधीश समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अहिलेको ज्युडिसियरी पारदर्शी छैन भन्यो भने गम्भीर आपत्ति हुन्छ । कसैले शंका र संशय गर्ने ठाउँ छैन । अक्षुण्णता कायम गरेको छ । कतैबाट असर आघात पर्ने कुरा स्वीकार हुन सक्दैन ।’ न्यायालयबारे सही कुरा पनि गलत तरिकाले प्रचार गरिँदा सर्वसाधारणमा भ्रम पर्न सक्ने भएकाले गम्भीर हुन उनले आग्रह गरे । न्यायाधीश सपना प्रधान मल्लले गलत समाचार नागरिकमाझ चर्चित हुने गरेको, तर राम्रा कार्यहरूले उचित प्रशंसा…
काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले बङ्गलादेशसंग सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदैछ । यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलङ्काले समान एक÷एक अङ्क बाँडेका थिए । आजको खेल नेपालको लागि महत्वपूर्ण छ । आजको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेमा फाइनलको यात्रा तय गर्नेछ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए । तर, रनरेटको आधारमा भारत समूह…
काठमाडौँ । नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बिहीबारको बैठकले उक्त आह्वान गरेको हो । पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने भएको छ । जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए केन्द्रीय समितिले हस्तक्षेप गरेरअघि बढ्ने समिति सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए । कांग्रेसको विधानमा महाधिवेशन भएको वर्ष क्रियाशील सदस्यता वितरण नगरिने व्यवस्था छ । अरु वर्ष भने नियमित रुपमा क्रियाशील सदस्यता वितरण गरिने व्यवस्थाअनुसार नै काम हुनुपर्नेमा समितिले जोड…
काठमाण्डौ. । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दा ९अभियोगपत्र० आज ९शुक्रबार० अदालतमा दर्ता गर्ने तयारी गरेको छ ।मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरिएकाले उनीविरुद्ध आजै अभियोजन दर्ता गरिने तयारी गििरएको सरकारी वकिलको कार्यालयले जनाएको छ । गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका लामिछानेलाई आठौँ पटक म्याद थपिएको छ । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी भने ६ असोजमा पक्राउ परेका थिए । जोशीसँगै पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेको पनि म्याद मिलान गरिएका कारण आजसम्ममा अभियोगपत्र दायर…
काठमाडौं । पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५र६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो । नेपालमा साताव्यापी रूपमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त विवरण सार्वजनिक गरेको हो । दिवसका अवसरमा मन्त्रालयले यही डिसेम्बर १६ देखि २२ तारिखसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त दिवस मनाउन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा दिवस मूल समारोह समिति नै…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क