Author: Editor
काठमाडौं । विवाद र आलोचना भएपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण स्थगित भएको छ । भिसालगायतका प्रक्रियाका लागि समयलाग्ने भएपछि भ्रमण कार्यक्रम स्थगित गरिएको मन्त्री गुप्ताको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदले अमेरिकामा हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति प्रदान गरेको थियो । मन्त्रिपरिषदले एनआरएनएको कार्यक्रममा सहभागी हुन उनलाई भ्रमण स्वीकृति दिएको थियो । तर, अमेरिकामा एनआरएनएको कुनै कार्यक्रम नै नरहेको समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएपछि विवाद उब्जिएको हो । आज एनआरएनए अमेरिकाका नाममा दुई वटा फरक आशयका विज्ञप्ति जारी भएपछि झनै संशय बढ्यो । मन्त्री…
न्युयोर्क। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणामाथि खेद जनाउँदै चिन्ता व्यक्त गर्नुभएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्ति सुरक्षा बजेटमा मूल्याङ्कन गरिएको योगदान संयुक्त राष्ट्रसङ्घको बडापत्रअन्तर्गत संयुक्त राज्य अमेरिकासहित सबै सदस्य राष्ट्रका लागि कानुनी दायित्व रहेको बताउनुभएको छ । उहाँले संयुक्त राष्ट्रका सबै निकायले सदस्य राष्ट्रले उनीहरूलाई दिएको जनादेशको पालना जारी राख्न, सङ्गठनको काममा निर्भर रहेका विश्वभरका मानिसको सेवा गर्ने जिम्मेवारी र दृढ सङ्कल्पका साथ गर्ने कुरामा जोड दिनुभएको छ । संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रका ३१…
काठमाडौं । सरकारले आजबाट निर्वाचन प्रहरीको भर्नाका लागि फर्म खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ । जसअनुसार, जिल्ला प्रहरी परिसर काठमाडौंमा आजबाट दरखास्त लिने क्रम सुरु भएको हो । यो क्रम आगामी माघ १ गतेसम्म जारी रहने जनाइएको छ । बिदाको दिन पनि दरखास्त लिइने सूचनामा उल्लेख छ । जिल्ला प्रहरी परिसरहरू ९काठमाडौं, भक्तपुर र ललितपुर ० र सबै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिन्छ । निर्वाचन…
काठमाण्डौं । बलिउड अभिनेता सञ्जय दत्तले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। काठमाडौंस्थित एक क्यासिनो उद्घाटन गर्न उनी बिहीबार नेपाल आएका थिए। सञ्जयले विहिबार राती होटल बाराहीले संचालनमा ल्याएको बादशाह क्यासिनो उद्घाटन गरेका थिए । काठमाडौं आउने वित्तिकै धेरै नेपाली कलाकारले संजयसँग फोटो खिचाएका छन् । निजी जेट लिएर अभिनेता दत्त विहिबार अपरान्ह दुबईबाट काठमाडौं आएका हुन् । पशुपतिनाथको दर्शनपछि उनी नयाँ दिल्ली फर्किने तयारीमा छन् । उनी विहिबार राती लाजिम्पाटको दुसित प्रिन्सेस होटलमा बसेका थिए । हिजै खुमलटार पुगेर नेकपा संयोजक पुष्पकमल दाहाललाई भेटेका थिए । दाहालकी नातिनी स्मिताको विवाहमा आउन नपाएको र चाँडै आउने वचन दिएका उनी यसपटक भेट्न…
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारका मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको दोहोर्याए । तोकिएको मितिमा निर्वाचन हुनेमा शंका नगर्न उनको आग्रह छ । जेनजी आन्दोलन सुशासन कायमका लागि भएको भन्दै अर्यालले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताए । तोकिएको मितिमा निर्वाचन नभएमा देशले सङ्कट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको…
काठमाडौं । पुर्पक्षका लागि कारागारमा रहेका पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीले थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश भएको छ । एमाले नेता रायमाझीले दिएको निवेदन उच्च अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासमा सुनुवाइ भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीमाथि ठगी, लिखत कीेर्ते, राज्यविरुद्ध र संगठित अपराध अभियोग लगाइएको छ । जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत पाटन पुगेका थिए । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ ९२० बमोजिम निवेदन दिएका थिए । ऐनको उक्त दफामा ‘दफा ६७ वा दफा ६८…
वीरगञ्ज ( पर्सा ) । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्साले २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा वीरगञ्ज कारागारमा रहेका महिला कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । सशस्त्र प्रहरीले आज यहाँ कारागारमा रहेका ६२ जना महिला कैदीबन्दीहरुलाइ सल र उनीहरूका पाँचजना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले दिवसको अवसरमा सशस्त्र प्रहरीले न्यायो कपडा वितरण गरेको जानकारी दिए । त्यसैगरी सशस्त्र प्रहरीले आज नै वीरगञ्ज महानगर–१ छपकैयाँस्थित बविता पराजुली आधारभुत विद्यालयको प्राङ्गणमा आँखा शिविर सञ्चालन गरेको छ । सो शिविरबाट ७८ जना…
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ । जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनको नमुना मत्रपत्र छपाइ सुरु भएको छ । आयोगका अनुसार १० लाख नमुना मतपत्र छपाइ हुनेछ । जनक शिक्षाका अनुसार करिब २ करोड ८ लाख समानुपातिक पत्रपत्र छपाइ हुनेछ । समानुपातिकतर्फको लागि ६४ वटा दलले बन्दसूची बुझाएका छन् । यसमध्ये १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्दैछन् । यसकारण समानुपातिकको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह हुनेछ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता भएको छ। राप्रपाद्वारा यही पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन हात्तीगौडास्थित लामिछाने निवास पुगेका हुन्। सभापति लामिछानेले कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। सो अवसरमा दुई पार्टीका अध्यक्षबीच आसन्न चुनाव तथा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए। मुलुकको राजनीतिक स्थिरता, समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवस्थाबारे छलफल भएको जनाइएको छ। राप्रपाले सोही दिन भृकुटीमण्डपमा गर्ने कार्यक्रमका लागि विभिन्न पार्टी नेता तथा…
अमेरिका । अमेरिकाले गत शनिबार भेनेजुएलामा गरेको आक्रमणमा १०० जनाको मृत्यु भएको खुलेको छ। अमेरिकी आक्रमणको ६ दिनपछि त्यहाँका गृहमन्त्री डियोसदादो क्याबेलोले अमेरिकी हमलामा १०० जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका हुन्। शनिबार १५० वटाभन्दा बढी लडाकू विमान प्रयोग गरी अमेरिकी सेनाले राजधानी कराकसमा हमला गरेको थियो। त्यहाँ आक्रमण गरी अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको थियो।त्यतिबेला अमेरिकी सेना मदुरोको निवासमै अवतरण गरेको थियो। त्योभन्दा अगाडि अमेरिकी सेनाले मुख्य सैनिक अड्डा फोर्तुनामा बम खसालेको थियो। प्रारम्भिक विवरणमा घटनामा ४० जना मारिएको भनिएको थियो। बुधबार गृहमन्त्री क्याबेलोले एक सय जना मारिएको बताएका हुन्।…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क