Author: ट्रान्सपेरेन्टखबर
काठमाण्डौं । अभिनेत्री मनीषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्। अभिनेत्री कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी थिइन्। उनले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गरिन्। बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन महसुस गरिन्। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ० को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उनले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताएकी छन्। उनले भने, ‘म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई…
काठमाडौँ । फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एक सय २७ ( २५.२२ प्रतिशत ) रहेका छन् । काठमाडौँ उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। उनका अनुसार बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन् । पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको उनले बताए । बैंकिङ कसुरमा एक हजार एक सय २७ मुद्दा दर्ता भएका छन्…
चितवन । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ। निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ। चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताए। विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उनले बताए। ‘हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिन्छ’, उनले भने। नेपालमा बाघको सङ्ख्या सन् २००९ मा १२१ रहेकामा…
काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर उत्तिकै जिम्मेवार रहेको बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँबसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तान्ने तथा यात्रुलाई अनावश्यक दुःख दिने कार्य रोक्नुपर्नेमा जोड दिए । प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले राष्ट्रिय बसपार्कलाई सुरक्षित…
दाङ । घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यका खटिएका छन् । आज बिहानपख करिब २ बजेदेखि सुरु भएको आगलागी अहिले सवा नौ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन बर्दिया, बाँके र कपिलवस्तु जिल्लाबाट समेत दमकल मगाइएको छ । सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन कार्यालयको अग्नि…
काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले कांग्रेस सभापति शेरबहादुर देउवाले बीपीको सिद्धान्त पनि बेचेर खाएको आरोप लगाएका छन् । देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक नभएको भन्दै राप्रपाको सभापति बन्न सुझाव दिएपछि शाहीले यस्तो आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू । हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ । राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ । त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापति सँग शपथ खाँदै बन्नुभएको हो ? उनले पार्टीभित्र राजाबारे धारणा बुझ्न चुनाव गराएर देखाउन चुनौती दिए । उनले थपेका छन्, ‘जसले भुइँ…
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । प्रचण्ड सरकार परिवर्तन भएसँगै दुई कित्तामा बिभाजीत भएर एक अर्काको खोईरो खन्ने अभियानमै जुटेका तिन दलका तिन शिर्ष नेता राजावादीको चहलपहल बढ्न थालेसँगै एकैस्थानमा आउन लागेका हुन् । अघिल्लो सरकार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको हटाएर दुई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेस मिलेर नयाँ सरकार बनाएपछि बिग्रिएको सम्बन्ध सुधारका लागि आजको भेटघाट एक कडी पनि बन्नेछ । नेकपा ( एमाले ) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक…
घोडाघोडी, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा गैरकानुनी तरिकाले बसिरहेका विदेशी नागरिकले प्रशासनको निर्देशन अटेर गरेका छन् । उनीहरू बस्दै आएका जङ्गल तत्काल नछाड्ने अडान लिएपछि प्रहरी खाली हात फर्केका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार २४ घण्टाभित्रै जङ्गल छाड्न निर्देशन दिएको थियो । निर्देशनपछि १३५ जनामध्ये ४५ जनाले जङ्गल छाडेर गइसकेका छन् भने अझै ९० जना विदेशी पर्यटक त्यहीँ बसिरहेका छन् । निर्देशनको अटेरी गरेपछि प्रहरीको एक टोली उनीहरू बसेको ठाउँमा गएको थियो तर जति आग्रह गरे पनि उनीहरूले ठाउँ नछाडेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घ साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशी भएका कारण हामीले बल प्रयोग गरेनौँ,…
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिवद्ध व्यक्त गरेको छ । आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले अहिलेको राजनीतिक व्यवस्था परिवर्तन गर्न आवश्यक नै नभएको निष्कर्ष निकालेको हो । ‘नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो ।नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिवद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ’ कांग्रेसले निर्णयमा भनेको छ । संविधानको संरक्षण, सम्वद्र्धन र कार्यान्वयन मार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउँदै जनताको निरन्तर…
काठमाडौं । काठमाडौंको अमृत साइन्स ९अस्कल० क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार रुद्रहरी पोखरेलको प्यानलै विजयी भएको छ । नेविसंघका राजु मास्टर ९लामिछाने० र क्रान्तिकारीका विश्राम शर्मालाई हराउँदै पाखरेलको प्यानलै विजयी भएको हो । सचिवमा गोपालबहादुर शाही, कोषाध्यक्षमा विवेक कोइराला र सदस्यहरुमा गोकर्ण साउद, सिजन पन्त, साधना सिग्देल, गणेश शाही, प्रशन्न चिलुवाल, ग्रिस्मा पन्त र विनय ढकाल विजयी भएका हुन् । त्यहाँ यसअघि अखिल क्रान्तिकारले जितेको थियो । आज भएको मतदानमा १२ सय ९१ मत खसेको थियो। त्यहाँ १९४८ मतदाता रहेको थिए । ३२६ मतान्तरले अस्कल क्याम्पसमा अनेरास्ववियुको प्यानलले नै विजय हासिल गरेको हो । यसअघि चैत ५ गते नै तय भएको स्ववियु…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क