Author: Editor

काठमाडौँ । पूर्वसांसद, पूर्वमन्त्री, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ वीर अस्पतालमा उपचारार्थ पुऱ्याउदै गर्दा दाहालको निधन भएको हो । ८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए । धर्मपत्नी सुधा दाहाल वीर अस्पतालमै उपचाररत छिन् । दाहाल विपी विचारका सच्चा अभियन्ता थिए । उनी ओखलढुंगाबाट सांसद र मन्त्री पनि भएका थिए । दाहालका दुई छोरा डा. सुधाम्शु दाहाल र हिमाम्सु छन् । ओखलढुङ्गाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मेका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए । उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस ( प्रजातान्त्रिक )…

Read More

काठमाण्डौं । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनको लागी अस्थायी मतदाता नामावली संकलनको कार्य अगाडि बढाएको छ। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउने गरी विभिन्न तहको नागरिकलाई समेटेर अस्थायी मतदाता नामावली तयार हुँदैछ। जस अन्तर्गत नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत कर्मचारी, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सदस्य, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई अस्थायी मतदाता नामावलीमा समावेश गर्ने आयोगले बताएको छ। त्यसैगरी सरकारको स्वीकृति लिएर सञ्चालन भएका वृद्धाश्रममा बसोबास गरिरहेका व्यक्तिहरूले पनि समानुपातिक निर्वाचन प्रणालीतर्फ…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक सुरु भएको छ। आज बिहान ९ बजे कांग्रेसले पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य, प्रदेश सभापतिसहितको केन्द्रीय समिति बैठक आकस्मिकरुपमा आह्वान गरेको हो । बैठकमा पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद, पूर्वमन्त्री तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधनमा श्रद्धाञ्जलीलगायतका विषयमा छलफल हुने बताइएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनबारे पनि छलफल हुने बताइएको छ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक उपस्थित भएनन्। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकमा दुवै महामन्त्री अनुपस्थित भएका हुन्। पार्टी नेतृत्वसँगको असन्तुष्टिका बीच…

Read More

काठमाडौं । जेनजी आन्दोलनपछि चर्चामा आएका ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् ।गोरखा जिल्लाको क्षेत्र नम्बर १ बाट लड्ने उनको घोषणा छ । सामाजिक सञ्जालमार्फत गुरुङले आफ्नो उम्मेदवारीको उद्घोष गरेका हुन् । कुनै पार्टीबाट वा स्वतन्त्र लड्ने भन्ने उनले स्पष्ट पारेका छैनन् । गुरुङले लेखेका छन्, ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’ गुरुङले रास्वपाको एकीकरणमा अहम् भूमिका खेलेका थिए । तर, उनी स्वयम् भने रास्वपा प्रवेश गरेका छैनन् । पदाधिकारीका आकांक्षी भए…

Read More

काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गरेकी छन् । काठमाडौंको क्षेत्र नम्बर २ वा ९ लाई रोज्ने उनको भनाइ छ । विभिन्न सरोकारवालाहरुसँग छलफल र सामाजिक सञ्जालमा मत सर्वेक्षणपछि आफू चुनाव लड्न तयार भएको आशिकाले बताएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘यी छलफलहरूबाट केही सकारात्मक सुझावहरू प्राप्त भए भने धेरै आलोचनात्मक तथा नकारात्मक दृष्टिकोणहरू पनि आए । म ती सबै सुझाव, व्यवहार र विचारलाई समान रूपले सम्मान गर्दछु । यिनै अनुभव र जनभावनालाई मनन गर्दै, दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै वर्तमान सन्दर्भमा मेरो जिम्मेवार निर्णय ठानेको छु ।’…

Read More

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग माफी मागेको छ । राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी अमेरिका) का तर्फबाट हालै सार्वजनिक भएका दुई फरक विज्ञप्तिहरूका कारण मन्त्रीको अमेरिका भ्रमण तथा कार्यक्रमसम्बन्धी विषयमा भ्रम सिर्जना भएको भन्दै एनआरएनएले माफी मागेको हो ।   एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष डा.बद्री केसीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित सरकारी निकाय, सञ्चार माध्यम तथा नेपाली समुदायमा पर्न गएको कुनै पनि प्रकारको असहजता, भ्रम वा अपूरणीय क्षतिप्रति गैरआवासीय नेपाली संघ क्षमाप्रार्थी छ।’ विकास उप्रेतीको अध्यक्षतामा एनआरएनए एनसीसी अमेरिकाले औपचारिक रूपमा कार्यक्रमका लागि मन्त्री गुप्तालाई आमन्त्रण गरेको जानकारी पाएको…

Read More

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गरिने जनाएको छ । आयोगले शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने गलत, भ्रामक र नकारात्मक क्रियाकलापको निगरानी गर्ने जनाएको हो । सामाजिक सञ्जालमार्फत प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणाष्पद अभिव्यक्ति, अपव्याख्या, डिप फेक ९गहिरो भ्रम० झुटो साइट वा एकाउन्ट, निन्दा वा मानहानीलगायत विषयमाथि अनुगमन गरी गैरकानुनी कार्यलाई कानुनबमोजिम दण्डित गरिने प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । यसका लागि नियामक निकायसँग सहकार्य गर्ने नीति लिइएको उनले जानकारी दिए । यसै हप्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक मेटा…

Read More

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहका केन्द्रीय सदस्यहरूले भूराजनीतिका कारण कांग्रेस विभाजनको संघारमा पुगेको भन्दै त्यसलाई रोक्न प्रयास गर्ने निष्कर्ष निकालेको छ ।  काठमाडौँको बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा शुक्रबार भएको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको छलफलले कांग्रेसलाई कमजोर बनाउन भित्रिया र बाहिरी शक्ति सक्रिय भएको निष्कर्ष निकालेको हो । छलफलपछि केन्द्रीय सदस्य गुरु बरालले भूराजनीति र राष्ट्रिय राजनीतिका कारण कांग्रेस विभाजन हुनबाट रोक्न सबैमा आह्वान गर्ने निष्कर्ष निकालेको जानकारी दिए । पार्टी विभाजन र कमजोर बनाउन सक्रिय छन् । त्यसकारण पार्टी एकता र फुटबाट जोगाउन कसरी सकिन्छ भन्ने छलफल भयो,’ बरालले भने, ‘भूराजनीति तथा राष्ट्रिय राजनीतिका कारण कांग्रेस विभाजन हुन नदिन देश…

Read More

काठमाण्डौं । कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर १३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। यसका लागि नेपाल सरकारले कतार सरकारलाई आभार व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कतार सरकारको यो कदम मानवीय आधारमा गरिएको उद्धार निर्णय भएको उल्लेख गरिएको छ। मन्त्रालयले कतारी अमिरले दिएको आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दपूर्ण सहकार्य थप प्रगाढ भएको प्रतीकका रूपमा मूल्यांकन गरेको छ। विज्ञप्तिमा भनिएको छ, मानवीय आधारमा प्रदान गरिएको यो क्षमादानले नेपाल र कतार राज्यबीचको मित्रता तथा आपसी समझदारी अझ सुदृढ भएको स्पष्ट संकेत गर्दछ। परराष्ट्र मन्त्रालयका अनुसार कतारमा कार्यरत ठूलो संख्यामा रहेका नेपाली…

Read More

काठमाण्डौं । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत तयार पारिएको बन्दसूचीलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )  भित्र असन्तुष्टि चुलिँदै गएको छ। बन्दसूची सच्याउन माग गर्दै महिलाहरूको एक समूह आज पार्टी केन्द्रीय कार्यालय पुगेको हो। अध्यक्ष राजेन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाउने उद्देश्यले पुगेका उनीहरूलाई संस्थापन पक्ष निकट महिला नेतृहरूले प्रतिवाद गरेपछि केही समय तनाव र चर्काचर्कीको स्थिति बनेको थियो। अध्यक्ष लिङ्देन कार्यालयमा उपस्थित नभएपछि महिलाहरूले ज्ञापनपत्र कार्यालयमै छाड्दै आजैदेखि अनशन सुरु गर्ने घोषणा गरेका छन्। पार्टी कार्यालयमै रिले अनशन थालेकी एक महिला नेतृले आफू २०७० सालदेखि निरन्तर केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएको भए पनि पार्टीले महिलाहरूलाई सधैँ उपेक्षा गरेको गुनासो गरिन्। समानुपातिक…

Read More