Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ११ जनालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । अदालतले म्याद थप गरेसँगै अब उनीहरू मंगलबारसम्म हिरासतमा रहनेछन् । गत शुक्रबार र शनिबार पक्राउ परेका ४१ जनाविरुद्ध फरक(फरक मुद्दामा अनुसन्धान गर्ने गरी प्रहरीले आइतबार अदालतमा म्याद थपका लागि पेश गरिएको थियो । १५ गते पक्राउ परेकाहरूको हकमा ५ दिन र १६ गते पक्राउ परेकाहरूको हकमा ४ दिनको म्याद थप भएको श्रेष्ठले…

Read More

सिन्धुली । नेकपा ९ माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अब छाडा छोड्न नसकिने बताएका छन् । सिन्धुलीको दुधौलीमा आइतबार माओवादीको दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले चैत १५ गते समाजवादी मोर्चाको सभ्य र कथित राजावादीको आततायी हत्यारासभा भएको जिकिर गरे । उनले जनताको उदारतालाई कमजोरी ठानेर ज्ञानेन्द्रले मुर्खता गरिरहेको उनले बताए । ‘उनलाई छाडा छोड्न सकिँदैन । ज्ञानेन्द्र शाहले जनताको उदारताले भोग पाएको छन् । अझै मुर्खता गर्ने हो भने उनले भोग्ने दिननै सिद्दिन्छ,’– उनले भने । पूर्वराजा ज्ञानेन्द्रकै कारण गत शुक्रबार तीनकुनेमा हिंसात्मक घटना भएको प्रचण्डको दाबी छ ।…

Read More

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका( १ का नेपाली कांग्रेसका पूर्वजिल्ला सदस्य स्वर्गीय रामदेव महतोको परिवारलाई नेताहरुले आर्थिक सहयोग गरेका छन् । स्वर्गीय महतोको १३औं पुण्य तिथिमा कांग्रेस नेताहरुले श्रद्धाञ्जली अर्पण गर्दै उनको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले स्वर्गीय महतोको परिवारलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । स्वर्गीय महतो पार्टीका लागि ठूलो योगदान गरेको र उनको परिवारको अवस्था कमजोर रहेकाले पार्टीकै साथीहरु मिलेर आर्थिक सहयोग गरेको सहमहामन्त्री यादवले जानकारी दिए । महतोप्रति श्रद्धाञ्जली दिन कांग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमरकान्त झा, धनुषा सभापति योगेन्द्र पजियार, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोलगायतका नेताहरुसमेत…

Read More

काठमाडौं । राजावादी आन्दोलनपछि पक्राउ परेका स्वागत नेपाल छुटेका छन् । उनलाई म्याद थप नगरी रिहा गरिएको हो । नेपाल संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन् ।उनलाई आफ्नै ल फर्मबाट पक्राउ गरिएको थियो । प्रदर्शन भएको दिन उनी एलएलएमको परीक्षामा सामेल थिए ।अघिपछि जे गरे पनि शुक्रबारको प्रदर्शन उत्तेजक बनाउनमा उनको कुनै भूमिका नदेखिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसमेत मुद्दामा पक्राउ परेपछि उनी पार्टीको भूमिकामा निष्क्रिय थिए। उपसभापति डोलप्रसाद अर्याल ( डिपी)  लाई कार्यवाहक सभापति तोकिएको थियो। सहकारी ठगी प्रकरणमा कास्की, रूपन्देही, काठमाडौं, चितवन जिल्ला अदालतबाट लामिछाने धरौटीमा छुटे पनि मुद्दा अदालतमा विचाराधीन छ। सभापति लामिछाने सोमबारको बैठकबाट पार्टीको नियमित जिम्मेवारीमा फर्कन लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। सोमबार अपराह्न ३ बजे पार्टी केन्द्रीय समितिको बैठक चःमतिस्थित कार्यालयमा बोलाइएको छ। उनका अनुसार सोमबारको केन्द्रीय समितिको पहिलो बैठक कार्यवाहक सभापति अर्यालकै…

Read More

काठमाण्डौं । जनकपुरधाम उप–महानगरपालिका–२३ विन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । होलीको दिन छुरा प्रहार गरी हत्या भएका आंशु यादवको हत्यारालाई कारवाही गर्न माग गर्दै विहान देखि सडक जाम गरेर आवत जावत ठप्प बनाएका विन्धीवासी र प्रहरी बीच झडप भएको छ । प्रहरीले सडक खोउने क्रममा बल प्रयोग गरेपछि स्थानीयहरु प्रतिरोधमा उत्रेका थिए । सो क्रममा अवस्था गम्भीर बनेपछि प्रहरीले दर्जनौं राउण्ड आश्रु ग्यास प्रहार गरेका छन् । स्थानीयले प्रहरीमाथी ढुंगामुढासमेत गरेका छन् । सो क्रममा दर्जनौ स्थानीय र प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले कति जना घाईते भएका छन् भन्ने यकिन हुन बाँकी रहेको जनाएको…

Read More

काठमाण्डौं । राजसंस्था पुर्नस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्दमा परेसँगै अब राजावादी आन्दोलनको नेतृत्व जगमान गुरुङ्गले गर्ने भएका छन् । राजावादीहरूको संयुक्त आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने भएका हुन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने जानकारी दिएका हुन्।सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नुहुनेछ, संयोजक सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु । राजावादीहरूले गत शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनका लागि कमान्डर तोकिएका दुर्गा प्रसाईं…

Read More

काठमाण्डौ. । नेकपा ९एकीकृत समाजवादी० ले चैत २५ गते देशभर भण्डाफोर अभियान चलाउने भएको छ। एकीकृत समाजवादीले आइतबार पत्रकार सम्मेलन गर्दै राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त प्रदर्शन गर्न लागेको हो। आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी स्थायी कमिटीको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यापी रूपमा भण्डाफोर गर्ने निर्णय गरेको उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए। राजावादीहरूको प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानूनी कारबाही गर्न माग गरिएको ज्वालाले जानकारी दिए। ‘अराजकतावादीहरूको प्रदर्शनमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर हत्या, हिंसा, आगजनी, तोडफोड,…

Read More

काठमाडौँ । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले आफु प्रहरीवाट नभागेको र ज्यानको सुरक्षाका लागि मन्दिर गएर बसेको बताएका छन् । बिगत ३ दिनदेखि प्रहरीको फरार सूचीमा रहेका प्रसाईले आफु भाग्ने मान्छे नभएको पनि उनले स्पष्ट पारेका छन् । आफुलाई मार्ने अन्तिम तयारी भएको थाहा पाएपछि पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थानमा मात्र पुगेको उनको जिकिर छ । १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला फरार रहेका छन् । प्रहरीले उनलाई पक्राउ गर्नका लागि खोजी गरिरहेको छ । यसैबिच प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै आफू नभागेको तर आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा…

Read More

काठमाडौं । संसदमा राप्रपाका सांसदहरुले हंगामा मच्चाएका छन् । माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरुलाई थुन्न भनेपछि राप्रपा अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले आफुहरुलाई थुन्न सरकारलाई चुनौती दिएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूहरुलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरुलाई सकेदेखि जेल हाल्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठक अवरोधका बीच लिङदेनले भनेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल ? https://www.youtube.com/watch?v=ff7vvvvabPM&t=3s

Read More