Author: ट्रान्सपेरेन्टखबर
मकवानपुर । बागमती प्रदेशसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने दलहरुबिच सहमति जुट्न ढिलाई हुँदा मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । विगतमा भएका सहमति कार्यान्वयनको विषयमा सरकार र विपक्षी दलहरुबिच विवाद रहेको छ । बागमतीप्रदेशका प्रदेश सभामुख भुवनकुमार पाठकले दिउँसो १ बजेका लागि बोलाउनुभएको बैठक दलहरुबिच सहमति नजुट्दा दिउँसो ४ बजेका लागि सारिएको थियो । प्रदेश सभाका सचिव पूर्णबहादुर दर्जीले प्रदेशसभा बैठकसम्बन्धी सूचना जारी गर्दै विशेष कारणबस बैठक बस्न नसकेको जनाउनुभएको छ । बैठक विशेष कारणबस बस्न नसकेकाले सभामुखले बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी…
बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच बुधबार भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो । थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबिचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान हुनेछ । सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने…
काठमाडौँ । राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारले सर्वसाधारणलाई अपिल गरेको छ। मंगलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारले अपिल गरेको बताए। गत शुक्रवार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार सरकारले गर्ने निर्णय भएको उनले बताए। ‘तीनकुने घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ‚’ उनले भने, ‘साथै यस किसिमको अराजक गतिविधिहरुमा संलग्न नहुन आम नागरिकहरुमा नेपाल सरकार हार्दिक अपिल गर्दछ।’ घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई…
बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक०को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको राजधानी बैंकक पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६।१५ बजे बैंकक पुगेका हुन । उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरेका थिए । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भइरहेको हो ।…
काठमाण्डौं । निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरुले २४ घण्टाभित्र सरकारले तोकेबमोजिम निर्वाह भत्ता नदिए सम्पूर्ण सेवा बहिष्कार गर्ने चेतावनी दिएका छन्। स्वास्थ्यकर्मीमा लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले आज एक विज्ञप्ति निकाल्दै एमडी, एमएस र एमडीएस गर्ने आवासीय चिकित्सकलाई तोकेबमोजिमको निर्वाह भत्ता दिन २४ घण्टाको समय दिएका हुन्। चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजमा स्नातकोत्तर गर्ने आवासीय चिकित्सकलाई आठौँ तह बराबरको निर्वाह भत्ता दिने निर्णय गरेको थियो। तर निर्णयपछि पनि सो निर्वाह भत्ता नपाएको विज्ञप्तिमा उल्लेख छ। संघर्ष समितिले २४ घण्टाभित्र तोकेबमोजिमको निर्वाह भत्ता नदिए सम्पूर्ण सेवा बहिष्कार गर्ने जनाएको छ। संघर्ष समितिका अध्यक्ष डा। शेषराज घिमिरेले आवासीय चिकित्सकले…
वीरगंज । आम जनता पार्टी ९आजपा० का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारको नेतृत्व गरिरहेको नेकपा ( एमाले ) ले सडकमा तमाशा देखाईरहेको टिप्पणी गरेका छन् । असफल भईसकेका प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा बसेर सडकबाट तमाशा गरिरहेको उनले बताए ।आजपा पर्साद्धारा आज वीरगंजमा आयोजित अगुवाकार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले एमालेको सडक प्रदर्शनले अराजकताको हद नाघेको टिप्पणी गरेका छन् । एमाले निकट युवा संगठनले सोमबार काठमाडौंको तीनकुनेमा मोटरसाईकल र्याली निकालेपछि उनले एमालेले राजा छैन भन्ने अनि राजाको विरुद्धमा सडकमा बाईक र्यालीको नाममा गुण्डाहरुको ताण्डव देखाईरहेको बताए । ‘एमाले, कांग्रेस, माओवादी केन्द्रहरुले उक्साएर राजा ल्याउन खोजेका छन् । हुदैनभएको राजाको…
काठमाडौं । प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणासँग अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रोपटक भेट गरेका छन् । गत शुक्रबार ( १५ चैत ) काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई लिङ्देनले यसअघि पनि एकपटक भेट गरेका थिए । शनिबार साँझ हिरासतमै पुगेर मिश्र र राणासँग भेट गरेका लिङ्देन मंगलबार पुनः उनीहरूलाई भेट्न पुगेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार मंगलबार दिउँसो ३ बजेतिर लिङ्देन धवल र रवीन्द्रलाई भेट्न पुगेका थिए । लिङ्देनले उनीहरूलाई हिरासत कक्षमै पुगेर भेट गरेका थिए । गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले मिश्र र जबरालाई पक्राउ…
काठमाडौं । गैरकानुनी रूपमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएको भन्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइको लागि पेशी तोकिएको सो रिटमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । गत चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो । कार्यकाल सकिन ४ महिना बाँकी रहेको अवस्थामा सरकारले पदमुक्त गरेपछि उनी सर्वोच्चमा गएका हुन् । त्यस्तै, प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो पुरानो मुद्दाको टुङ्ग्याइदिन भन्दै दिएको निवेदनमाथिको सुनुवाइ पनि हेर्दाहेर्दैमा राखिएको थियो । उक्त मुद्दा लगाउमा राखेर हेरिएको थियो ।
म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताए। “अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले टेन्ट टाँगेर गाउँ जस्तै बनाएका छन्”, उनले भने, “आरोहण टोलीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि आगमन सुरु भएको छ ।” उनका अनुसार समुन्द्री सतहबाट चार हजार एक सय मिटर उचाइमा आरोहीका साथै घुमघामका लागि पर्यटकहरू पनि पर्यटन विभागले पछिल्लो…
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन्। लामिछाने आज ( मंगलबार ) बिहान १० बजे सिंहदरबारस्थित सभामुखको कार्यालयमा जाने भएका हुन्। उनीसँगै रास्वपाका सांसदहरूले जाने भएका छन्। कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतस् निलम्बनमा परेको थियो। संघीय संसद सचिवालयले पुस ८ गते सूचना निकालेर लामिछानेको पद निलम्बनमा परेको उल्लेख गरेको थियो। रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेको छ। सोही विषयमा रास्वपाले यसअघि पनि सभामुख घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क