Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारका प्रधानमन्त्री मिन आङ हलिङबीच भेटवार्ता भएको छ । आज बैँककमा उनीहरुबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम तय भएको छ । मोदी बिमस्टेक सम्मेलनमा भाग लिनको लागि आज बैंकक पुगिसकेका छन् । प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक सम्मेलनमा सहभागी हुन चैत्र १९ गते बैंकक पुगेका हुन् । उनी यही चैत्र २३ गते स्वदेश फर्किने बताईएको छ ।

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । गत शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनालाई लिएर प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् । शाहीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘आन्दोलनमा सहभागी नभएका मान्छेलाई गोली हान्ने र हत्या गर्ने प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ। र निर्दोष मान्छेलाई हत्या गरेको अभियोगमा प्रधानमन्त्री, गृहमन्त्री र गोली हान्ने प्रहरीलाई पक्राउ गर्नुपर्छ ।’ उनले सत्ता र शक्तिको आडमा सर्वसाधारणमाथि गोली चलाउन नपाइने पनि स्पष्ट पारेका छन् । उनले थप लेखेका छन्, ‘बाटोमा हिँडेका मान्छेलाई, घरबाट निस्केका मान्छेलाई…

Read More

काठमाण्डौं । राजावादीहरुको प्रदर्शनलाई तितरवितर गर्नेक्रममा प्रहरीले तीनकुने क्षेत्रमा साढे दुई सय राउन्ड गोली प्रहार गरेको स्वीकारेको छ । पदर्शन भएको ६ दिनपछि बुधबार पत्रकार सम्मेलन गर्दै प्रहरीले प्रदर्शन हिंसात्मक भएपछि नियन्त्रणका लागि गोली चलाएको स्पष्ट पारेको हो । सो क्रममा व्यक्ति लक्षित ५८ राउण्ड गोली प्रहार भएकोमा २० जनालाई लागेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले जानकारी दिए । गोली लागेर १८ पुरुष र दुई महिला घाईते भएको उनले जानकारी दिए । प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको तत्काल मृत्यु भएको थियो । प्रहरीको गोली लागेर रेविका खत्रीसहितका अन्य केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । स्थिति अनियन्त्रित…

Read More

काठमाडौँ । काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा चैत १५ गते ज्याउन गुमाउने २ युवाका परिवारलाई सरकारले १०/ १० लाख रुपैयाँ सहयोग दिने भएको छ । गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबार १० बजे सहकर्मी अनिल रायमाझीसहित सुरेश रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्किएका थिए । रिपोर्टिङका क्रममा तीनकुनेमा एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परेर सुरेशको मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टमा जलेर मृत्यु भएको देखिएको छ । त्यस्तै काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउने कीर्तिपुर–४ गाम्चाका २९ वर्षीय सविन महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु…

Read More

काठमाडौं । चैत्र १५ गते शुक्रबार काठमाडौंको तिनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा संलग्नता रहेको भनेर प्रहरीले पक्राउ गरेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमेर जबरासहित ४१ लाई दोस्रो पटक म्याद थप भएको छ । उनीहरुलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । उनीहरु जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । म्याद थपको लागि उनीहरुलाई आज काठमाडौं जिल्ला अदालत लगिएको थियो ।

Read More

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यही चैत १५ गते शुक्रबार काठमाडौँको तिनकुनेमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल नेतृत्वको टोलीले आज मन्त्रालयमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लेखकले अराजक, हिंस्रक एवम् सिद्धान्त बिनाको भिडले तिनकुनेमा वितण्डा मच्चाएको घटनाप्रति सरकार गम्भीर रहेको बताए । “तिनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै अपराधिक कार्य गर्ने उद्देश्य थियो, लक्ष्य थियो ।” गृहमन्त्री लेखकले भने, “विध्वंश मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार सञ्चारगृह र सञ्चारकर्मीलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार…

Read More

काठमाडौँ । देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको बताए। आज दिउँसो विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ । अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ। भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए। गुणस्तरीय…

Read More

काठमाडौं  । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदनमा बुधबार सुनुवाइ हुँदैछ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। रिट निवेदनमाथि बुधबार सुनुवाइ हुने भएको हो। प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदरको माग गर्दै कुलमान घिसिङले रिट निवेदन दायर गरेका थिए। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको उल्लेख गर्दै त्यतिवेला रिट निवेदन दायर गरेका थिए। अदालतले दुवै रिट निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।

Read More

बागलुङ । चैते दसैँ सुरु भएसँगै बागलुङस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको सङ्ख्या बढेको छ। आइतबारदेखि नवरात्र सुरु भएको छ। चैते दसैँ भनेर चिनिने यो पर्वमा दुर्गा भवानीको पूजा गरिन्छ। बागलुङ कालिका मन्दिरमा विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गर्छन्। चैतको नवरात्रमा बागलुङ कालिकाको पूजा र बलि चढाउँदा मनोकामना पूरा हुने जनविश्वास छ। गण्डकी प्रदेशको प्रमुख शक्तिपीठ मानिने यो मन्दिरमा अहिले भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। ‘चैते दसैँको तेस्रो दिनसम्म दैनिक हजारौँ भक्तजन आएका छन्, यसपटक पाँच लाखभन्दा बढी भक्तजन आउने अनुमान छ,’ खड्काले भने, ‘यो अवसरमा चैत २० गतेदेखि मेला पनि आयोजना…

Read More

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको सहयोगमा कूल रु ६२ करोड पाँच लाख परियोजना लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना ९एचआइसीडीपी० सञ्चालन गर्न काठमाडौँस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले आज समझदारी पत्र ( एमओयु )  मा हस्ताक्षर गरेका छन् । नेपालमा यी परियोजना नेपाल सरकारका स्थानीय निकाय जस्तै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ । यी उच्च प्रभाव सामुदायिक विकास…

Read More