Author: Editor

धादिङ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता र मिडिया जागरण अभियान सुरुवात गरेको छ । निर्वाचनको बेला राजनीतिक दल र सञ्चारमाध्यम दुवै पक्षबाट हुन सक्ने आचारसंहिता उल्लङ्घनका घटना कम गराउने उद्देश्यसहित आइतबार धादिङदेखि अभियान थालनी गरेको हो । सो अभियानसँगै नेपाल पत्रकार महासङ्घले जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ र सामाजिक सञ्जालको प्रयोगसम्बन्धी राष्ट्रिय अभियान पनि धादिङबाटै सुरुवात गरेको छ । निर्वाचनमा आचारसंहिता पालना, अनलाइन, रेडियो टिभी पत्रपत्रिकाले निभाउनुपर्ने जिम्मेवार मिडियाको भूमिका तथा सञ्चारकर्मीले निष्पक्षता, सन्तुलन र सत्यतामा आधारित भएर आचारसंहिता पालना गर्नुपर्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यले बताए । । नेपाल पत्रकार महासङ्घका…

Read More

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गरेकी छिन् । यही माघ ४ गतेदेखि सुरु भएको सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै सरकारका प्राथमिकताका रूपमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका कामबारे सदस्यहरूलाई जानकारी गराइन् । उनले आफू कुनै शासकीय आकाङ्क्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्री भएकाले तोकिएको सयमा प्रतिनिधि सभाको निर्वाचनबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आफू आतुर रहेको पनि स्पष्ट गरिन् । प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको…

Read More

काठमाण्डौं । नेपाली बजारमा पछिल्ला तीन कारोबार दिनमा सुनको मूल्यमा ५२ हजार रुपैयाँभन्दा धेरैको गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ( आज )  स्थानीय बजारमा सुन दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत बिहीबार सुन सर्वाधिक तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। यसरी हेर्दा सुन तीन कारोबार दिनमा ५२ हजार ४०० रुपैयाँ घटेको छ। आइतबार एक तोला छापावाल सुनको मूल्य तीन लाख रुपैयाँ कायम भएको थियो। त्यसअघि गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० पुगेको थियो। त्यस्तै, बिहीबार एक तोला चाँदी सात हजार ५०५ मा किनबेच…

Read More

जापान । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन्। उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरे। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गरेका हुन्। उनले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ भने। हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पुँजी फिर्तीका लागि सहज प्रक्रियाहरूसहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौं, नेपाल सरकार वैदेशिक लगानीमा…

Read More

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । आज अपराह्न १ः१५ बजे बस्ने तय भएको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरु सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ लाई सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । साथै, आजको बैठकमा गृह मन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन…

Read More

काठमाडौँ । नेपालमा नक्कली नेपाली र भारतीय रुपैयाँ भित्र्याउने तयारीमा रहेको ठूलो गिरोह भारतमा पक्राउ परेको छ ।आमनिर्वाचन लक्षित गरेर नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत रक्सौल आसपासमा नक्कली नोटको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोह समातिएको हो । पूर्वी चम्पारण प्रहरी र एसटिएफको संयुक्त टोलीले भारतेको सीतामढीको मेजरगंज क्षेत्रमा सञ्चालित नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना नै फेला पारेर ध्वस्त पारेको छ । छापामारीमा २५ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट, १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँ र नोट छाप्ने हाइटेक मेसिन बरामद भएको हो । नोट छाप्न प्रयोग हुने कागज, रसायन तथा अन्य सामग्री पनि बरामद भएको भारतीय प्रहरीको भनाइ छ ।…

Read More

काठमाण्डौं । संयुक्त अरब इमिरेट्स ( युएई )  ले ५४ औं ईद अल इतिहाद राष्ट्रिय दिवसको अवसरमा २६७ नेपाली नागरिकलाई आममाफी दिएको छ। आममाफी दिएपछि आइतबार नेपाल सरकारले आभार र कृतज्ञता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपाली नागरिकहरूलाई युएई सरकारले आममाफी दिएको जानकारी दिएको हो। ‘नेपाल सरकारले यस प्रकारको आममाफीलाई नेपाल–युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भावना र सौहार्दताको प्रतिफलका रूपमा उच्च मूल्याङ्कन गरेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। आममाफीका लागि परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटकपटक अनुरोध गरेको थियो। त्यसैको फलस्वरूप आममाफी प्रदान भएको पनि मन्त्रालयले जनाएको छ। आममाफी पाउने…

Read More

काठमाण्डौं । निर्वाचन आयोगले ‘एक्जिट पोल’ गराउने वेबसाइटहरू नेपालभित्र बन्द गराउन दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। सञ्चार माध्यमका रूपमा दर्ता नभएका र उम्मेदवारहरूको बीचमा अनलाइन मतदान र रिजल्ट प्रक्षेपण गरिएका वेब पोर्टलहरू आयोगले बन्द गर्न पत्र लेखेको हो। निर्वाचन आयोगले दुरूसञ्चार प्राधिकरणलाई पठाइएको पत्रमा ‘निर्वाचन आचार संहिताको बर्खिलाप हुने गरी मतपरिणामको सम्बन्धमा सर्वेक्षण भइरहेको पाइएकाले’ वेबसाइटहरूलाई नेपालमा बन्द ९ब्लक० गर्न भनिएको छ। आयोगको पत्र प्राप्त भएपछि प्राधिकरणले पनि मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकहरूलाई सर्वेक्षण गर्ने वेबपोर्टलहरू बन्द गराउन पत्र लेखेको हो। आयोगले अहिलेसम्म ‘रेट माइ नेता’ (ratemyneta.com), एक्जिट पोल नेपाल (exitpollnepal.com), नेपाल पोल (Neppoll.com), एचओआर २०२६ (Hor-2026.vercel.app), नेपाल…

Read More

टोकियो । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका छन्। आइतबार राति नेपालबाट प्रस्थान गरेका उनी चारदिने औपचारिक भ्रमणका लागि सोमबार नारिता अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। विमानस्थलमा उनलाई जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानी राजदूत तोरु मायदा र जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेल लगायतले स्वागत गरे। जापान सरकारको निमन्त्रणामा प्रथम महिला सबिता पौडेलसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल त्यहाँ पुगेका हुन्। भ्रमणका क्रममा उनले माघ १९ गते सोमबार नै जापान सरकारले आयोजना गर्ने कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष समारोहमा भाग लिने कार्यक्रम…

Read More

काठमाडौं । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बङ्गलादेश र भारतकाबीच दिउँसो १२ बजे हुनेछ। यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भूटान दुबैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए। नेपाललाई भारतले १–० गोलले पराजित गरेकोे थियो। प्रतियोगिता उद्घाटन खेलमा भुटान भने बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो। त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुबै टोली दबाबमा हुनेछन्। फाइनल सम्भावना जीवित राख्नका लागि दुबै टोलीलाई आजको खेल महत्वपूर्ण रहनेछ। बंगलादेश र भारतले भने एक÷एक खेल जितेर समान तीन अंक…

Read More