Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । संसद्को दुवै सदनको हिउँदे अधिवेशन सुरु भएको छ । दिउँसो १ बजेबाट संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको बैठक सुरु भएको हो । आजको प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । सङ्घीय संसद्का दुवै सदनमा गरी अहिले दुई दर्जन विधेयक विचाराधीन छन् । अधिकांश विधेयक समितिमा दफावार छलफलका क्रममा छन् । संसद् सचिवालयका अनुसार शुक्रबार अधिवेशन प्रारम्भको राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ । यस्तै प्रतिनिधि सभा नियमावली–२०७९ को नियम १० अनुसार सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि अध्यक्ष मण्डलको मनोनयन हुने छ । दलीय परामर्शमा अधिवेशनैपिच्छे…

Read More

काठमाण्डौं ।  सङ्घीय संसद्को अधिवेशन शुक्रबार सुरु हुँदै छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिने गरेकाले कानुन निर्माण कार्य तीव्र गतिमा हुने आमअपेक्षा छ । संसद्लाई प्रभावकारी बनाउने सन्दर्भमा दलहरूबिच निरन्तर संवाद भइरहेका छन् । कतिपय महत्वपूर्ण कानुन निर्माण नहुँदा संविधानका व्यवस्था, सङ्घीयतासहितका धेरै विषय कार्यान्वयनमा समस्या भइरहेको छ । कानुन निर्माण, विधेयकको अवस्था, संसद्को अबको काम कारबाहीसहित समग्र विषयमा केन्द्रित रहेर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग गोरखापत्रका अशोक अधिकारीले गरेको कुराकानी स् संसद् बैठकका मुख्य कार्यसूची के के छन्  ?  – संसद्को हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । संसदीय समितिमा भएका विधेयकलाई टुङ्ग्याएर संसद् बैठकमा पेस गर्नुपर्ने…

Read More

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो ।नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले बताइन् । “तीनवटा धर्मको सङ्गमस्थल हाम्रो नगरपालिकामा छ । यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ । यसका लागि पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्याउन पहल गरिने छ”, उनले भनिन्, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको खण्डमा चौतर्फी विकास गर्न सकिन्छ । यसका लागि विभिन्न…

Read More

काठमाडौं । सङ्घीय संसद्को अधिवेशन आज अपराह्न १ः०० बजे हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ । सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरु मनोनयन गर्नेछन्। बैठकमा प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नेछन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१’, ‘निजीकरण ९पहिलो संशोधन०…

Read More

काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् । दिउँसो १ बजे दुवै सदन ९राष्ट्रियसभा र प्रतिनिधिसभा०को बैठक सुरु हुने छ । प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसद्हरुको मनोनयन…

Read More

ताप्लेजुङ । केबलकार खारेजीको माग सहित आह्वान गरिएको मेचि राजमार्ग, तमोर करिडोर र तेह्रथुम सहितका नाकाबाट जिल्ला भित्रिने र बाहिरीने यातायात बन्दका कारण अलपत्र परेका ३९ जना तिर्थयात्रीहरुको सशस्त्र प्रहरीले माघ १७ गते उद्धार गरेको छ । कास्की, काठमाडौँ, भक्तपुर, सिरहा, झापा, मोरङ्ग सहित विभिन्न जिल्लाका ३९ जना तिर्थयात्रीहरु ताप्लेजुङ जिल्लाको फुङलिङ बजारमा अलपत्र अवस्थामा रहेको भन्ने खबर प्राप्त हुन साथ सशस्त्र प्रहरी बल नेपाल नं. १  कञ्‍चनजंघा गुल्म ताप्लेजुङले ईन्सेक संगको समन्वयमा  उद्धार गरी पाँचथरतर्फ पठाएको हो। सो गुल्मबाट मेची राजमार्ग स्थित स्थायी चेकपोष्टमा स्थापना भएको सम्पर्क कार्यालयमा सम्पर्क राख्‍न आएका तिर्थयात्रीहरुलाई गुल्म परिसरमा सहायता कक्ष स्थापना गरि  स्वास्थ्य …

Read More

काठमाडौं । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करणको तयारी पूरा भएको छ । आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले यही माघ १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा आयोजना हुने प्रतियोगितामा १० वटा क्लब सहभागी रहनेछन् । माघ १९ गते पहिलो खेल लिग च्याम्पियन चर्च ब्वाइज क्लब र पुलिस क्लबबीच हुने अध्यक्ष तामाङले बताए । प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युके एफसी भारत, मच्छिन्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा,…

Read More

काठमाडौँ । सूचना प्रविधि क्षेत्रका जानकारहरुले नेपालले सूचना प्रविधि ९आईटी० जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनको आजको समूहगत छलफलमा उनीहरुले सो धारणा व्यक्त गरेका हुन् । कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी नेपाल ‘स्टार्टअप’ र ‘एसएमई’ सम्मेलनको दोस्रो दिनको ‘उद्यमशीलता र जनशक्ति विकासः आईटी क्षेत्रको लागि तयारी’ शीर्षकको सत्रमा भएको छलफलका वक्ताहरुले आईटीमा थोरै लगानी गर्नसके राम्रो परिणाम हात पार्न सकिने बताएका हुन् । इनोभेटिभ नेपाल ९आईएनजी०ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपालको आइटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति…

Read More

काठमाडौँ । सरकारको गतिविधिमा साझा धारणा बनाउन मधेश केन्द्रीत आठ दलहरुले कार्यदल गठन गरेका छन् । आज ( बिहीबार )   सिंहदरबारमा बसेको बैठकले सबै दलबाट १र१ जना हुने गरी कार्यदल बनाएको हो । मधेस केन्द्रित राजनीतिक दलहरूको सहकार्य र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय निर्णय गरेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए । कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट डा। शरद सिंह यादव, जसपाबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट डा। शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन् भने राजेन्द्र महत्तोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टीबाट एक सदस्य रहने…

Read More

काठमाण्डौं । सोनाम ल्होछारको अवसर पारेर तामाङ सगरमाथा आरोही संघले सगरमाथा आरोहीहरूलाई सम्मान गरेको छ ।  काठमाडौंमा आयोजित कार्यक्रममा संघले सगरमाथा आरोही चतुरकुमार तामाङ, जेस्मान तामाङ र तुलबहादुर तामाङलाई सम्मान गरेको हो । पूर्वऊर्जा तथा जलश्रोत राज्यमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य सूर्यमान दोङको प्रमुख आतिथ्यता आयोजना गरिएको कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषदका संस्थापक परशुराम तामाङ, पूर्वकृषि राज्यमन्त्री राधिका तामाङलगायतको उपस्थिति थियो ।  तामाङ आरोहीलाई एकतावद्ध गर्ने उदाहरणीय काम संस्थाले गरेको प्रतिनिधि सभा सदस्य दोङले बताए । आरोहीको पीरपर्का बुझ्न स्थापना गरिएको संस्थालाई सबैले सहयोग गर्नुपर्नेमा विशेष अतिथि पर्शुराम तामाङले जोड दिए । कार्यक्रममा संघकी अध्यक्ष शर्मिला स्याङतान ९लामा०ले नेपालको आरोहण क्षेत्रलाई…

Read More