Author: Editor
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा स्थायित्वका लागि आफ्नो पार्टीलाई बहुमत दिन आह्वान गरेका छन्। आफ्नो निर्वाचन क्षेत्र चितवन २ का मतदातासँग कुरा गर्दै नेताहरूले गरेको बाचा पूरा नगरेपछि यत्तिकै हाँसेर हिँड्न नपाइने बताए। उनले आफ्ना मतदातासँग भने, ‘देशका विभिन्न भागमा मैले पुग्नुपर्ने छ, पार्टीको सभापतिको रूपमा मेरा केही दायित्वहरू छन्। यसपटक चितवनलाई मात्र जिताएर भएन, देशै भरिलाई जिताउनु पर्ने अवस्था भएको हुनाले, यसपटक यो २ नम्बर क्षेत्रको चुनावको प्रचारकका रूपमा मैले आफ्नो प्रतिनिधिको रूपमा तपाईँहरूलाई अनुरोध गर्ने विचार गरेको छु।’ उनले आफूहरू एक जना दुईजना मात्र जितेर नहुने भन्दै कम्तीमा एकल बहुमत ल्याउनुपर्ने बताए। उनले थपे,…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली आज आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाटमा केन्द्रित भएका छन्। हिजो झापा पुगेका ओली अहिले झापाली जनतासँग भेटघाटमा छन्। ओली फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि झापा ५ बाट उम्मेदवार बनेका छन्। ओली एक साता झापा बस्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। ओलीसँग झापा ५ मा रास्वपाका वरिष्ठ बालेन शाह चुनावी प्रतिस्पर्धामा छन्। त्यसैले पनि ओलीले आफ्नो चुनावी गतिविधिलाई बढाएका हुन्। हिजो झापा पुगेका ओलीले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०…
महोत्तरी । निर्वाचनको चहलपहल बडढेसँगै महोत्तरीमा आर्थिक गतिविधिमा पनि बढोत्तरी हुन थालेको छ । खासगरी होटल व्यवसायी यसबाट लाभान्वित भएका छन् । राजनीतिक दल र तिनका उम्मेदवारका साथै कार्यकर्ताको सघन उपस्थितिले आगामी एक महिनासम्म ग्राहकको अभाव नहुने होटल व्यवसायी बताउँछन् । “निर्वाचन चहलपहले हाम्रो व्यस्तता बढेको छ”, बर्दिबासका होटल सञ्चालक तथा होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिव नारायण घिमिरे भन्छन्, “अबको एक महिना हाम्रो व्यवसाय जम्ने ठानेका छौँ ।” जिल्लाका सबै भेगका बजारमा होटल व्यवसाय राम्रो चलेका उनको भनाइ छ । प्रतिनिधिसभा क्षेत्र–१ को बर्दिबासमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारका निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएसँगै होटलमा ग्राहकको सङ्ख्या ह्वात्तै…
नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरिएको बताएका छन् । निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताए । “वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले हाम्रो ध्यान शान्तिपूर्ण वातावरणमा त्यो सम्पन्न गर्नेमा नै केन्द्रित छ । मतदातालाई निर्भीक भएर मतदानमा सहभागी हुन अनुरोध छ”, देशभर निर्वाचनको वातावरण बनेको बताउँदै गृहमन्त्रीले भने । मौसम पूर्वानुमान गर्ने निकाय र विज्ञहरुबाट फागुन २१ मा मौसम अनुकूल हुने जानकारी प्राप्त भएको पनि उनले बताए । रासस
काठमाण्डौं । आज ९शनिबार० काठमाडौँस्थित सैनिक मुख्यालयमा ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ सम्पन्न भएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले आयोजना गरेको प्रतियोगिता प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरेका थिए। प्रतियोगितामा ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा थियो। प्रतियोगिता अन्तर्गत ४२।१९५ किमी दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधाको २१ किमि दूरीको हाफ म्याराथन भयो। म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई आजै क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिएको छ। हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमशस् एक लाख,…
काठमाण्डौं । पाकिस्तानको राजधानी इस्लामाबादस्थित एक शिया मुस्लिम मस्जिदमा आत्मघाती वम विस्फोटमा हुँदा ३१ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्। शुक्रबार इस्लामावादको तरलाईस्थित इमामबारगाह खदिजतुल कुबरामा रहेको मस्जिदमा नमाजको समयमा आत्मघाती विस्फोट भएको हो। घटनामा तीन जनाको संलग्नता रहेको बिबिसीले जनाएको छ। विस्फोटमा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्। यो सन् २०२३ जनवरीपछि देशमै भएको सबैभन्दा घातक आक्रमण हो। त्यसबेला उत्तर–पश्चिमी शहर पेशावरको एक मस्जिदमा भएको विस्फोटमा एक सयभन्दा बढी मानिस मारिएका थिए। शुक्रबार विस्फोट हुँदा मस्जिदमा ४०० जनाभन्दा बढी मानसहरू रहेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। ‘हामीले नमाज सुरु गरेका थियौं, त्यत्तिकैमा गोली चलेको आवाज…
काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नम्बर १ मा चुनावी माहोल तीव्र बन्दै गएको छ। पटकपटक चुनावी प्रतिस्पर्धा गरेका पुरानो अनुभवी नेतासँगै नयाँ युवा पुस्ताका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा ओर्लिएपछि यस क्षेत्रको चुनावी माहोल रोचक बनेको छ। यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १३ र स्वतन्त्र १० गरी २३ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। यो क्षेत्रमा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्यय ९डिना०, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट दीपकबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश गौतम, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, श्रम संस्कृति पार्टीबाट विद्या…
काठमाडौँ । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वासनीय हुनु आवश्यक रहेको बताएकी छिन्। निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उनले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन निर्वाचन प्रक्रियाको पर्यवेक्षणको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने उल्लेख गरिन् । आयुक्त तुलाधरले भनिन्, “निर्वाचन केवल मतदान गर्ने प्रक्रिया मात्र होइन, यो जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो ।” उनले आममतदाताको विश्वास कायम राख, कानुनी व्यवस्था र आचारसंहिताको पालना सुनिधित गर्न तथा निर्वाचन व्यवस्थापनलाई थप सुधारोन्मुख बनाउन निष्पक्ष, वस्तुनिष्ठ र जिम्मेवार पर्यवेक्षणले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको बताइन्। आयुक्त तुलाधरले भनिन्, “निर्वाचन…
काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदैछ । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुन लागेको पुरुष टी(२० विश्वकपमा नेपालले पनि खेल्दैछ । विश्वकप उद्घाटन खेलमा आज पाकिस्तान र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा हुँदैछ भने अर्को खेलमा वेष्ट इन्डिज् र स्कटल्याण्ड भिड्दैछन् । भारतसँगको सम्बन्धमा आएको तनावका कारण बंगलादेशले विश्वकप नखेल्ने भएपछि आइसिसीले स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको थियो । यसैगरी पाकिस्तानले पनि भारतीय भूमि र भारतसँग नखेल्ने बताएको छ । यद्यपी आइसीसीले यो निर्णयमा पुनर्विचार गर्न पाकिस्तानलाई आग्रह गरिरहेको छ । विश्वकप क्रिकेटमा नेपालले पनि तेस्रो पटक सहभागिता जनाउँदैछ । यसअघि सन् २०१४ र २०२४ मा विश्वकप क्रिकेट…
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । नेपाली चलचित्रमा ुखलनायकु को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ुराते काइँलाु को नामले चर्चित थिए। उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्छन् ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क