Author: Editor
काठमाण्डौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म तीन दलका सभापति र प्रमुख निर्वाचित हुँदा आधा दर्जन पार्टी सभापति र अध्यक्षको संसद् प्रवेशको बाटो तत्काललाई बन्द भएको छ । अहिलेसम्म रास्वपा सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० संयोजक पुष्पकमल दाहाल प्रचण्ड र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भइसकेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा वरिष्ठ नेता बालेन शाहसँग झापा ५ मा ४९ हजार ६ सय १४ मतको अन्तरले हारे । ६८ हजार ३ सय ४८ मतसहित बालेन निर्वाचित हुँदा ओलीले १८ हजार ७ सय ३४ मत…
सर्लाही । जेनजी विद्रोह लगतै केपी शर्मा ओलीको नेतृत्वको सरकार विस्थापित भयो । संसद् विघटन भयो । २१ फागुनका लागि नयॉ निर्वाचनको मिति तोकियो । त्यसबेलादेखि नै अमरेशकुमार सिंहको मनमा एकखालको हलचल पैदा भएको थियो । कांग्रेस भित्र नेतृत्व परिवर्तनको मुद्दा चल्दै थियो । तत्कालीन सभापति शेरबहादुर देउवा र हालका सभापति गगन थापासंग उनको राम्रो सम्वन्ध थिएन । नेता शेखर कोइरालाका निकट थिए । त्यतिनै बेलाको एक भेटमा सिंहले भनेका थिए,‘कांग्रेसको सभापति शेखर कोइराला भए भने म कांग्रेसबाटै टिकट लिन्छु । आएनन् भने घण्टीबाट लड्छु ।’ दोस्रो पटक पनि स्वतन्त्रबाटै चुनाव लडेर जितिने विश्वास उनमा थिएन । त्यसैले कित कांग्रेस…
सुनसरी । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई ( साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा सामपाङले ८ हजार ४९२ मतान्तर ल्याउन सफल भए । तामाङले २७ हजार २४९ मत ल्याइन् । यसअघि श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १ बाट जित निकालेका छन् । त्यस्तै भोजपुर १ मा पनि प्रारम्भिक गणनामा यहीं पार्टीका ध्रुवराज राईले अग्रता लिएका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा तुवाँलोका कारण आकाश धुम्मिएको छ। पछिल्ला केही दिनदेखि मौसम पूर्ण रूपमा खुल्न सकेको छैन र देशभर वायुप्रदूषणको स्तर उच्च रहेको छ। विशेषगरी देशको पूर्वी भागमा वायुमण्डलमा अत्यधिक प्रदुषण भरिएको छ। सोही कारण काठमाडौं विश्वकै प्रदूषित शहरको १० सूचीकोभित्र परेको छ । वायुको गणस्तर मापनका आधारमा यस्तो सूची सार्वजनिक गर्ने आइक्युएयरका अनुसारका विश्वकै प्रदूषित शहरको सूचीको दोस्रो स्थानमा काठमाडौं रहेको छ । काठमाडौंको हावाको गुणस्तर १८४ भन्दा माथि छ । काठमाडौंको पनि शंखपार्कमा १६७ इन्डेक्स रहेको छ । नेपालमा काठमाडौंको मात्र नभई इलाम प्रदूषित शहरको भित्र परेको छ । देउखुरी दाङ , भैसेपाटी, भक्तपुर…
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पराजयको पछाडि ठूला राजनीतिक दलहरूको अस्वाभाविक सेटिङ र मोर्चाबन्दी भएको दाबी गरेका छन् । कुलमान काठमाडौं ३ बाट चुनाव उठेका थिए । यस क्षेत्रमा लोकप्रिय भनेर चर्चा भएका उनी रास्वपाका राजुनाथ पाण्डेसँग पराजित भएका हुन् । पाण्डेले १८७५७ मत ल्याउँदा घिसिङ ११,१७१ मतमा रोकिए । नेपाल प्रेससँगको छोटो कुराकानीमा घिसिङले निर्वाचनको अन्तिम समयमा नेपाली कांग्रेस र एमाले मिलेर आफूविरुद्ध ठूलो षड्यन्त्र बुनेको र पैसाको व्यापक चलखेल गरेको आरोप लगाए । उनले भने, ‘यसपालि कांग्रेस र एमाले मिलेर सिध्याए । देशमा पैसाको यस्तो चलखेल भयो कि कल्पना नै गर्न सकिँदैन । मलाई…
काठमाण्डौं । जेनजी आन्दोलन घटना जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले गोली हान्न लगाउने, हान्ने र नरोक्ने सबैलाई कारबाही सिफारिस गरेको बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो काम नसकिएकाले प्रतिवेदन बुझाउन केही ढिला भएको बताए। जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालिन सरकारलाई दोषी देखाउँदै आफ्नो प्रतिवेदन बुझाएको छ। विशेष अदालतका तत्कालिन अध्यक्ष कार्की नेतृत्वको आयोगले थप भएको म्याद सकिन एकदिन बाँकी हुँदा प्रधानमन्त्री सुशीला कार्कीलाई आइतबार प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख जिम्मेवार र गृहमन्त्री रमेश लेखक जिम्मेवार रहेको उल्लेख छ । सामाजिक सञ्जाल बन्द…
काठमाडौं । आयोजक भारत र न्युजिल्यान्डबिच आज आइसिसी टी–२० विश्वकपको उपाधि भिडन्त हुँदैछ। सो खेल जसले जिते पनि नयाँ इतिहास कायम हुने छ। न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ। टी–२० विश्वकपमा न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्दै छ। सन् २०२१ को उपाधि भिडन्तमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई निराश पारेको थियो। यसै गरी भारत तीन पटक टी–२० विश्वकप जित्ने तथा च्याम्पियन बन्ने पहिलो आयोजक हुने दाउमा रहेको छ। २० टोली सहभागी प्रतियोगिताको समापन अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा राति सवा ७ बजे सुरु हुनेछ। सो रङ्गशालामा फाइनल हेर्न एक लाखभन्दा बढी समर्थक उपस्थित हुने छन्। तीमध्ये अधिकांश घरेलु टोली भारतको समर्थनमा…
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले एक सय सिट जितेको छ । मतगणनाको सुरुवातीचरणदेखि नै अग्रता कायम गरेको रास्वपाले १२९ क्षेत्रको नजिता सार्वजनिक हुँदा रास्वपाले १०० सिटमा जित पक्का गरेको हो । दोस्रो धेरै सिट जित्नेमा नेपाली कांग्रेस छ । कांग्रेसले १४ सिट जितेको छ । एमालेले ७, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले ६, राप्रपाले १ र स्वतन्त्रले १ सिट जितेका छन् । यि हुन् रास्वपावाट निर्वाचित उम्मेदवारहरु १- बालेन्द्र शाह २- इन्दिरा राना मगर ३- सोविता गौतम ४- डा. लेखजंग थापा ५- हरि ढकाल ६- सुलभ…
खोटाङ । खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई १६ हजार ६१२ मतको साथ निर्वाचित भएका छन्। नेकपा ( एमाले ) को देवविक्रम राईले बाह्र हजार ७१४, नेपाली कांग्रेसको बिरकाजी राईले एघार ९५७, नेपाली कम्युनिष्ट पार्टीका हरि रोकाले नौ हजार ४४३ र घण्टीले पाँच हजार ७०४ मत पाएको जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन्। बयसट्ठी हजार ५६६ मतगणना भएकोमा अठाउन्न हजार ६३८ सदर मत र तीन हजार ९२८ बदर मत रहेको छ। प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदाता छन्। जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार…
सिराहा। सिराहा क्षेत्र नम्बर –१ बाट रास्वपाका उम्मेदवार बब्लु गुप्ता फराकिलो मतअन्तरले विजयी भएका छन्। बब्लु ३१ हजार ५३८ मतअन्तरले नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई पराजित गर्दै निर्वाचित भएका हुन्। बब्लुले ४१ हजार ३२२ मत प्राप्त गर्दा रामसुन्दरले ९ हजार ७८४ मत ल्याए।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क