Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । राजसंस्थाका पक्षमा नारा लगाउने क्रममा काठमाडौं माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउँदै निष्काशन ( डीपोर्ट ) गर्ने निर्णय गरेको हो । नेपालको राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएपछि किर्पालविरुद्ध प्रतिबन्धसहितिको डीपोर्ट गर्ने निर्णय गरिएको गृह स्रोतले जनाएको छ । ‘विदेशी नागरिक भएर उहाँ राजनीतिक गतिविधिमा संलग्न भएको भेटियो । कुनै पनि विदेशी नागरिकले नेपालको आन्तरिक मामिलामा दखल दिन मिल्दैन,’ स्रोतले भन्यो । गत चैत १४ गते अमेरिकी नागरिक किर्पाल माइतीघरबाट पक्राउ परेका थिए । उनले राजसंस्थाको पक्षमा नाराबाजी…
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरेका छन्। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसंगको भेटमा सहकारी समस्या बारेमा चासो व्यक्त गरेका हुन्। राष्ट्रपति पौडेलले सहकारीका समस्याका कारण मारमा परेका नागरिकलाई छिटो न्याय दिन र यस क्षेत्रको समस्यालाई छिटो टुंगो लगाउन निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले सहकारीका साना बचतकर्ताको रकम फिर्ताका सम्बन्धमा सरकार गम्भिर भएर लाग्न निर्देशन दिएका थिए। सो अवसरमा मन्त्री अधिकारीले केन्द्रीयस्तरमा दर्ता भएका ४७ मध्ये २३ वटा सहकारीलाई संकटग्रस्त घोषणा गरी तदारुकताका साथ काम…
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकहरुको समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न सरकारलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासंघसँग विगतमा गरिएको सम्झौता कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने भन्दै शिक्षकहरु विगत १४ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । आयोगले शिक्षा ऐनलाई समयानुकूल बनाउन, शिक्षा नीतिलाई उत्पादनशील बनाउन तथा यस सम्बन्धमा विगतमा नेपाल सरकारसँग गरिएको सम्झौता कार्यान्वयनको माग राखी जारी रहेको आन्दोलनले बालबालिकाको शिक्षाको अधिकारमा असर पर्न गएको बताएको छ । ‘शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको समस्याको वार्ताबाट समाधान गरी पठनपाठन सुचारु गर्न, कानून निर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानूनलाई समयसापेक्ष बनाउन एवम्…
काठमाडौं। सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्न नियुक्तिको संशोधित मापदण्ड कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सरकारले गभर्नर नियुक्तिको मापदण्डमा रहँदै आएको ६५ वर्षीय उमेर हद हटाएको थियो । गभर्नर नियुक्तिको मापदण्डमा उमेर हद हटाउने सरकारको निर्णयविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले संशोधित मापदण्ड अर्को आदेश नहुन्जेलसम्म कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चले आदेशले निरन्तरता पाउने कि नपाउने भन्नेवारे छलफल गर्न दुवै पक्षलाई छलफलमा बोलाएको छ । ‘कार्यकारी प्रमुखको हकमा ३० वर्ष र कार्यकारी प्रमुखबाहेक अन्य पदाधिकारी र सदस्यको हकमा ३५ वर्ष उमेर पूरा भई…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा सरकारको प्रस्तुतिलाई लिएर कडा आलोचना गरीरहेका छन् । गत वर्षको असारमा कांग्रेस–एमालेबीच ७ बुँदे सहमति भएर सत्ता–सहकार्य हुँदै गर्दा थापा कहीँ कतै दुई दलबीचको सहकार्यको गृहकार्यमा थिएनन् । उनले यो कुरा सार्वजनिक रुपमै स्विकारेका छन् । तर, दुई दल मिलेर सरकार बनाएपछि उनले यसले केही सुधार गर्नुपर्नेमा जोड दिएका थिए । सरकारलाई सफल तुल्याउन आफू लागिपर्ने उनको प्रतिबद्धता थियो । त्यहीअनुसार उनी सरकारलाई सफल पार्नेगरि नीतिगत सुधारमा देखिनेगरि खटिएका थिए । उनकै नेतृत्वमा विभिन्न आर्थिक सुधारसम्बन्धी अध्यादेश अघि ल्याईएको थियो । सार्वजनिक कार्यक्रममा समेत उनले सरकारको बचाउ गर्दै आएका थिए । तर,…
ईलाम। नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफूले कुनै गल्ती नै नगर्दापनि खेदाईमा परेको भन्दै गुनासो सुनाएकी छिन् । हिजो ९सोमबार० नयाँ वर्षको अवसरमा इलाममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो गुनासो पोखेकी छिन् । कांग्रेसमा महिलाको धेरै ठूलो योगदान रहेकाले महिलाको समानुपातिक सहभागिता हुनुपर्नेमा उनको जोड थियो । तर, नेपालमा कुनै पनि पार्टीमा महिलालाई अघि बढ्न सजिलो नभएको भन्दै आफ्नै उदाहरण पेश गरिन् । उनले थपिन्,‘जस्तो कि म पनि कुनै गल्ती नगर्दा पनि कस्तो खेदाइमा परेकी थिएँ भन्ने त यहाँहरुले देख्नुभएकै छ । पार्टीमा…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आज एक घण्टा लामो भेटवार्ता भएको एमाले नेता डा। राजन भट्टराईले जानकारी दिए । उनकाअनुसार दुई नेताबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने समझदारी भएको छ । पछिल्लो समय विपक्षी दलका नेता पुष्पकमल दाहालले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले देउवासँग आज छलफल गरेका हुन् । आजमात्रै कांग्रेस महामन्त्री गगन थापाले पनि सरकारको गतिलाई प्रश्न उठाएका छन् । उनले…
अटवा, क्यानडा । नयाँ वर्ष विसं २०८२ को अवसरमा नेप्लिज क्यानेडियन एसोसिएसन अफ अटवा ( एनसीएओ ) ले आयोजना गरेको संस्थाको साधारण सभा तथा सांस्कृतिक प्रस्तुति अधिकांश सहभागीका लागि आफू जन्मिएको माटोको सुवास दिने कार्यक्रम बन्न पुग्यो। गत नोभेम्बर २०२४ मा स्थापना गरिएको मादले गोठाले र्याप्सडीका उत्तम भण्डारी र दिलीप दुलालले जनकवि केशरी स्व धर्मराज थापाको नेपालीले माया मार्यो बरिलै गीत गाएर श्रोतारदर्शकलाई मन्त्रमुग्ध पारे। झन्डै सात दशक पहिले नेपालीहरू रोजगारीका लागि दार्जीलिंग, आसाम, बर्मा ( हाल म्यानमार ) , भाक्सु, देहरादुन र नैनी ताल जाने गरेको थापाले आफ्नो गीतमा उल्लेख गरेका छन्। समय फेरिएको छ, तर नेपालीहरू संसारभरि फैलने…
काठमाडौं । बिगत १४ दिनदेखि काठमाण्डौका सडक केन्द्रित आन्दोलन गरीरहेका शिक्षकहरुले समस्या समाधानका लागि अब प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने बताएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्तामा बस्नुको कुनै औचित्य नभएको बताए। अध्यक्ष सुवेदीले समाधानका उपायहरु आफूहरुले सरकारलाईल लेखेर दिएको भएपनि सरकारले त्यसतर्फ कुनै चासो नदिएको आरोप समेत लगाए। उनले भने, ‘हामीले सरकारलाई समाधानका उपाए लेखेर दिएका छौं, हामी प्रधानमन्त्री बाहेक अरुसँग वार्ता गर्दैनौं।’ उनले प्रधानमन्त्री ओलीले शिक्षकको मागमा चासो नदेखाएको समेत बताए । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु अहिले काठमाडौं केन्द्रित आन्दोलनमा छन्। साढे २ महिनादेखि आन्दोलनका…
भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे। अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत बिहानै जात्राको भीडमा सिन्दुर खेल्दै रमाउँदै आज भव्य रूपमा मध्यपुरथिमिका बासिन्दाले सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन्। बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरी टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणा २६ देवीदेवता विराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क