Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं। नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा नेपालले पाहुना टोली हङकङमाथि ९ विकेटको जित निकालेको हो। जितसँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। पराजित हङकङ भने अझै जितविहीन छ। हङकङले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेट गुमाउँदै ११८ रन बनायो। नेपालका साहिल पटेलले सर्वाधिक ४२ रन बनाए। अविजित रहेका उनले ४१ बलमा आठ चौका प्रहार गरे। अर्का ओपनर नीरजकुमार यादवले २३ रनको योगदान दिँदा कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे। उनले २३ बलमा आठ चौका प्रहार गरे। हङकङका स्यान पुरीले एक विकेट लिए। त्यसअघि तल्लो मुलपानी…
काठमाण्डौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एक १४ बर्षिया नाबालिकासँगको सम्बन्धलाई लिएर महिला प्रहरी सेलमा अहिराजविरुद्ध उजुरी परेको थियो । उक्त उजुरीमाथि अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले त्यतिबेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै झालाई मधेशको प्रदेश प्रमुख नियुक्त गरेको थियो । कार्यकालको करिब ६ महिना नपुग्दै झालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी…
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले केन्द्रीय समिति बैठक बोलाएको छ। बिहीबार ( भोलि ) दिउँसो ३ बजे केन्द्रीय मुख्यालय वनस्थली चस्मतिमा बस्नेगरी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन्। बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। प्रवक्ता मनीष झाका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङलगायतका विषयमा पनि छलफल हुनेछ। सभापति रवि लामिछाने जेल चलान भएपछि पार्टीको आगामी रणनीति बैठकले तय गर्नेछ।
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक नभएको बताएका छन् । महामन्त्री शर्माले सरकारप्रति सात बुँदे असन्तुष्टि व्यक्ति गर्दै कार्यशैली बदल्नुपर्ने बताएका छन् । एक महामन्त्री गगन थापाले प्रधानमन्त्री र सरकारको काम कारवाहीको आचलोचना गरीरहेका बेला अर्का महामन्त्री बिश्वप्रकाश शर्मा भने प्रधानमन्त्री ओलीको आलोचनामा उत्रीएका छन् । महामन्त्री शर्माले सरकारले सामाजिक सञ्जाल विधेयक नियमनको नाममा नियन्त्रणको नियतका साथ ल्याइएको, सरकार सञ्चालनसम्बन्धि दुई दलीय संयन्त्रमा अध्यादेशको प्रत्येक अक्षरमा संवाद गरिएकोमा सामाजिक सञ्जाल विधेयकमा कुनै संवाद नगरिएको बताएका छन् । त्यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक ( एमडी ) बाट कुलमान घिसिङलाई हटाएको विषयमा उनले असन्तुष्टि…
काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आह्वान भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् । हिजो ९मंगलबार० साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत १८ माघमा सुरु भएको हिउँदे अधिवेशन राष्ट्रपति पौडेलले गत चैत १९ गते अन्त्य गरेका थिए । राष्ट्रपतिले आह्वान गरेको यो बजेट अधिवेशन हो ।
काठमाण्डौं । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । बुधबार प्रतितोला दुई हजार सात सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । मंगलबार प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन बुधबार बढेर १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔँस ३ हजार २८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
काठमाडौं । सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ । सरकारको भविष्यबारे अनेक शंका– उपशंका र गठबन्धनका नेताबीच असमझदारी सार्वजनिक भइरहँदा संयन्त्रको बैठक डाकिएको हो । बैठक साँझलाई तय भएको र नेताहरूको समय अनुकूलमा बस्ने प्रधानमन्त्रीनिकट स्रोतले बतायो । मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच लामो कुराकानी भएको थियो । गभर्नर नियुक्ति, महत्वपूर्ण निकायमा बढुवा, शिक्षक लगायतको आन्दोलन र सरकारको डेलिभरीलाई लिएर दुई नेताबीच कुराकानी भएको बताइन्छ । ठिक यही बेला शेखर कोइराला, महामन्त्री गगन थापालगायतका कांग्रेस नेताले सरकारको काम कारवाही र प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सार्वजनिक रूपमा टिप्पणी गरिरहेका छन् । विपक्षी…
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ ।यस्तै डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । निगमले चारआली,…
काठमाडौं। आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा बुधबार हङकङ र नेपाल भिड्दैछन्। तल्लो मूलपानीमा यो खेल बिहान ९स्३० बजे सुरु हुनेछ। जारी प्रतियोगितामा अफगानिस्तान र नेपाल मात्रै अपराजित छन्। तर, अफगानिस्तान नेटरनरेटले नेपालभन्दा राम्रो स्थितिमा छ। नेपालले पहिलो खेलमा युएईलाई डिएलएसबाट पाँच रनले पराजित गरेको थियो। दोस्रो खेलमा भने ओमानलाई आठ विकेटले हराउँदै चार अंक पुर्याउन सफल भयो। अब नेपालको लक्ष्य लगातार तेस्रो जित निकाल्नेमा हुनेछ। यता, एक खेल खेलेको हङकङ भने जितविहीन छ। पहिलो खेलमै अफगानिस्तानसँ हङकङले आठ विकेटको हार बेहोरेको थियो। ३६।२ ओभर खेले पनि हङकङले ७० रन कटाउन सकेको थिएन। ७१ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले दुई विकेट गुमाउँदै…
काठमाण्डौं । शिक्षकको काठमाडौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा गएपछि जिल्लाका सामुदायिक विद्यालय बन्द भएका हुन् । सरकारले वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् । महासङ्घले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । हड्तालको समर्थनमा विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासङ्घको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् । महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क