Author: ट्रान्सपेरेन्टखबर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टि जनाउँदै भने, “उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।” प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड बैँकक गएको सन्दर्भलाई पनि सरकार…

Read More

काठमाडौं । नेकपा ( एकीकृत समाजवादी )  पार्टीका महासचिव घनश्याम भुसालले देश डुबाएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाम चाहिएको बताएका छन् । कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश विषम परिस्थितिमा पुग्दा पनि पर्वाह नगरी प्रधानमन्त्री ओलीले उल्टै आफ्नो पक्षमा बोलिदिउन् भनेर युवाहरूलाई सडकमा उतार्न लागेको बताएका छन् । उनले अहिले एमाले पनि प्रधानमन्त्री ओलीजस्तै बनिसकेको बताए । देशको पर्वाह नगर्ने, जनताको कुरा नसुन्ने अवस्थामा प्रधानमन्त्री ओली र एमाले रहेको उनले बताए । ‘लोकतन्त्रमा पार लगाउने पार्टीले नै हो । अनि पार्टी कस्तो छ भन्दा एमाले छ । एमाले कस्तो छ भन्दा कमरेड…

Read More

लेखनाथ (कास्की) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक विपद् न्यूनीकरण, खोज, उपचार र राहतलगायतका काममा सरोकारवाला सबै एकजुट हुन आग्रह गरेका छन् । सशस्त्र प्रहरी बलले आज पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा गरेको विपद् प्रतिकार्य नमूना अभ्यासको अवलोकनपछि उनले गण्डकी प्रदेश प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै विपद्का दृष्टिले जोखिमयुक्त रहेको बताए । “तालैतालको सहर पोखरामा जलउत्पन्न प्रकोपका घटना बढी हुने भएकाले यसतर्फ प्रदेश सरकारको ध्यान केन्द्रित भएको छ”, उनले भने, “फेवातालमा जस्तै उद्धार टावर बेगनास तालमा पनि निर्माण गर्न प्रदेश सरकारले काम अगाडि बढाएको छ ।” सशस्त्र प्रहरी बलको पोखरास्थित मुक्तिनाथ बाहिनीको संयोजन र कालिका गणको आयोजना…

Read More

काठमाडौँ । गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिट संयुक्त इजलासमा पठाउने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा आज भएको प्रारम्भिक सुनुवाइपछि रिट संयुक्त इजलासमा पठाउने आदेश भएको हो । अब अर्को पेसी कम्तीमा दुई जना न्यायाधीशको इजलासमा तोकिनेछ । सुप्रिम बचत उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध आइतबार रवि पत्नी निकिता पौडेलले सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकारले एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमाएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । पटकपटक सरकारसँग वार्ता गरे पनि सफल हुन सकेको छैन । उनले यो एमाले सरकार जटिल र चुनौतीपूर्ण स्थितिमा रहेको पनि बताए। उनले भने, ‘एमालेको जन्म नै अप्राकृतिक, अपारदर्शी छ, यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा हो, राम्रो गर्नलाई निकाल्ने र नराम्रो गर्नेलाई…

Read More

काठमाण्डौं । एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रका लागि थाइल्याण्डको बैंककमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र राष्ट्रसंघीय उच्च प्रतिनिधि राबाब फातिमाबीच भेटवार्ता भएको छ। उनीहरुबीच मंगलबार आयोगको सत्रका अवसरमा भेट भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा अल्पविकसित मुलुकहरू, भूपरिवेष्ठित विकासशील मुलुकहरू तथा साना टापु विकासशील राष्ट्रहरूको लागि राष्ट्रसंघीय उच्च प्रतिनिधि मातिमाले अल्पविकसितबाट नेपाल स्तरउन्नती लगायतका विषयमा छलफल भएको थियो। परारष्ट्रमन्त्री राणाले एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रको अध्यक्षता समेत गरेकी थिइन्।

Read More

काठमाण्डौं । नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गरी यसबारे निर्देशन दिएका हुन्। नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रअ तथा शिक्षक(कर्मचारी साथीहरूमा जोडदार आग्रह गरेको छ । मंगलवार एक बिज्ञप्ती जारी गर्दै महासंघले २०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन…

Read More

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएको छ । ६ बुँदे मागसहित मंगलबार राप्रपाका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएका हुन् । राप्रपाको पूर्व निर्धारीत कार्यक्रम अनुसार नै देशभरका प्रशासन कार्यालयमा धर्ना कार्यक्रम राखिएको हो । जिल्ला कार्यसमिति, काठमाडौंको अगुवाइमा राप्रपाका नेता कार्यकर्ताहरू काठमाडौं प्रशासन कार्यालय अगाडि धर्ना बसेका हुन् । धर्नाका क्रममा राप्रपाका कार्यकर्ताहरूले ड्यूटीमा खटिएका प्रहरीलाई फूल दिएका थिए । पूर्व राजा ज्ञानेन्द्र शाहले केही दिनअघि राप्रपाका नेताहरुसँगको छलफलमा प्रहरीलाई गालीगलौच र ढु(गामुढा होईन फुल दिएर स्वागत गर्नु भनेका थिए । आन्दोलनकारीले आईतवारको आन्दोलनमा पनि बानेश्वरमा सुरक्षाकर्मीलाई…

Read More

काठमाडौँ । भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपालको दुईदिने भ्रमणका क्रममा आज काठमाडौँ आइपुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतीय मन्त्री खट्टर सखुंवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकनका क्रममा अहिले त्यसतर्फ प्रस्थान गरेको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए । सखुंवासभाको मकालु गाउँपालिकामा एक खर्ब चार अर्ब रुपैयाँको भारतीय लगानीमा निर्माण भइरहेको ९०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ सालमा संयुक्त रुपमा शिलान्यास गरेका थिए । यसैगरी नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न…

Read More

काठमाडौं । शिक्षक आन्दोलनका बीच नै कक्षा १२ को परीक्षा निर्धारित समय बैशाख ११ गतेदेखि नै गराइने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्न लागेको हो । राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निजामती कर्मचारी खटाउन सकिनेबारे अधिकांशले सकारात्मक धारणा राखेका थिए । उनीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा त सञ्चालन गर्न सक्छन् भने १२ कक्षाको नसक्ने कुरै हुँदैन ।’ बोर्ड बैठकपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले विद्यालय र विद्यार्थीहरूले परीक्षा समयमै गर्न अनुरोध गरेको बताए । उनले भने,‘परीक्षा केन्द्र तोकिसकिएको छ । परीक्षा समयमै होस् भनेर हरेक…

Read More