काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । १५औं महाधिवेशनअन्तर्गत २२ असोजमा हुने निर्वाचनका लागि सभापति पदमा तीन जनाको उम्मेदवारी परेका हो ।
सभापतिका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सबैभन्दा पहिले नेता खड्गीले उम्मेदवारी दर्ता गरेका हुन् ।
उनीपछि बेलुकी साढे ६ बजेतिर थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । सभापति थापापछि नेता राठौर उम्मेदवारी मनोनयनका लागि पुगेका थिए । राठौरले अन्तिममा ७ बजेतिर सभापतिका लागि मनोनयन दर्ता गरेका हुन् । १४औं महाधिवेशनमा सहमहामन्त्रीमा विजयी भएका थिए ।
