काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
उनैलाई लक्षित गरेर महाधिवेशनको अन्तिम समयमा यो पद सृजना गरिएको थियो । यसअघि कांग्रेसमा यो पद रहेको थिएन । सभापति गगन थापासँगै महामन्त्रीमा निर्वाचित उनी विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए ।
मङ्गलवार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समयमा यो पदमा उनको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन् ।
