सुनसरी । सप्तकोशी नदीको जल सतह विहान ११स्१५ बजेसम्म पनि खतराको बिन्दुमा छ । कोशी परियोजनाद्वारा जारी सूचनाअनुसार विहान ११. १५ बजे त्यहाँ एक लाख ६६ हजार २६५ क्युसेक पानी मापन भएको छ । उक्त जल परिमाण गए रातिको तुलनामा कम हो ।
अहिले सप्तकोशी ब्यारेजबाट विहारतर्फ पानी बहावका लागि २० वटा ढोका खुला गरिएको छ । यसअघि २६ ढोकासम्म खोलिएको थियोे ।
