काठमाडौँ । नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुको प्रदर्शन भएको छ । महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो ।
वर्षा र झरीको प्रवाह नगरी पत्रकारहरु प्रदर्शनमा उत्रेका हुन् । प्रदर्शनमा रहेका पत्रकारहरुले सरकारी रवैयाको विरोधमा नरााबाजी गरेका छन् । नेपाल पत्रकार महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले प्रदर्शनलाई सम्बोधन गरेका छन् ।
