काठमाण्डौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समूहले साउन २९(३१ गतेसम्म हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी दिएको हो । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाले देउवा साउन २६ गते स्वदेश आउने र उक्त भेलामा सहभागी हुने बताए ।
त्यस्तै उनले देउवा स्वदेश फर्किँदा राज्यको तर्फबाट धरपकड भए त्यसको विरोध गर्ने जनाए । उनले भने, ‘उहाँ फर्किँदा त्यस्तो धरपकड हुँदैन जस्तो लाग्छ। त्यस्तो भइहाले विरोध गर्छौँ।’ संयोजक शशांक कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्कदा धरपकड भए विरोध गरिने बताएका छन्। शुक्रबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा जबाफ दिएका कोइरालाले देउवा स्वदेश फर्कदा सरकारले धरपकड गरे विरोधमा उत्रने बताएका हुन्।
‘जहाँसम्म मलाई लाग्छ, धरपकड हुँदैन, भइहाल्यो भने त्यो बेला हामी विरोध गर्छौं,’ शशांकले भने। देउवा ५ महिनापछि साउन २६ गते बेलुकी स्वदेश फर्कंदैछन्। उनी उपचारका क्रममा हङकङमा छन्। साथै कोइरालालाई हङकङ गएर देउवासँग भेटेर फर्किएको हो भनेर सोधिएकोमा जबाफ दिए, ‘होइन होइन, म गएको छैन।’ संस्थापनइतरले पछिल्लो समय गरेका कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला देखिएका छैनन्।
यसबारे शशांकले भने, ‘उहाँहरूको समर्थन छ, पूर्णजीको स्वास्थ्य नराम्रो भएको हुनाले उहाँ आउन सक्नुभएन। शेखर दाइ विराटनगर हुनुहुन्छ, उहाँले घर बनाउँदै हुनुहुन्छ, त्यसमा व्यस्त हुनुहुन्छ। उहाँहरूको पूरा समर्थन छ।’ संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म भेला गर्ने तयारी गरेका छन्।
