काठमाण्डौं । राष्ट्रियसभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८०र८१ र आर्थिक वर्ष २०८१र८२’ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन्।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ प्रस्तुत गरेका छन्।
राष्ट्रिय सभाको अर्को बैठक बिहीबार अपराह्न १. १५ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ।
