काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई लिएर सरकारको कडा आलोचना गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले उक्त घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरिन् । सम्बोधनका क्रममा प्रमुख सचेतक थापाले कप्तानगञ्जमा भएको घटनामा ओमप्रकाश गुप्ताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको विषयमा सदनको ध्यानाकर्षण गराइन् । उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाइन् ।
‘यत्रो ठुलो घटना हुँदा, एक जना नागरिकको ज्यान जाँदा र दर्जनौँ घाइते हुँदा पनि सरकार लाचार बनेको छ,’ थापाले भनिन्, ‘यो घटनाको जवाफ सरकारले दिनुपर्छ र यसको पूर्ण जिम्मेवारी लिनुपर्छ ।’ सरकारको नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै उहाँले प्रधानमन्त्री र गृहमन्त्रीको मौनतामाथि कडा टिप्पणी गरिन् । ‘यति गम्भीर विषयमा प्रधानमन्त्री मौन हुनुहुन्छ । कुरा–कुरामा आँसु झार्ने गृहमन्त्री पनि आज मौन बस्नु आश्चर्यजनक छ । नेतृत्व भनेको केवल प्रशासन चलाउनका लागि मात्र होइन, नागरिकको जीउधनको रक्षाका लागि पनि हो,’ थापाले भनिन् ।
तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटस स्मरण भइरहेको छ( ‘तेरो ‘हरुको पो बा भइस्, साँच्चै नै कहिल्यै बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्रु यस्तो आतङ्कवाद यो विश्वले कहिल्यै देखेको थिएनन्।’ यदि यति कुरा बुझ्नलाई इसारा नै काफी छ।’ उनले प्रधानमन्त्रीको भावना पदसँगै बदलिएको हो ? भन्दै प्रश्न गरिन्।
उनले थपिन्, ‘यो घटना पछि सरकार मौन छ। हिजो आक्रोश पोख्ने सम्माननीय प्रधानमन्त्री आज मौन हुनुहुन्छ। हिजो सदनमा आँसु झार्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ। एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायोरु त्यो आवाज आज किन सुनिँदैनरु कि तपाईँले लगाएको कालो चस्माको मृत्यु र पीडाको रङ पनि फरक फरक देखिन्छ ? प्रमुख सचेतक थापाले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिन् ।
