काठमाण्डौं । ‘राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)का सांसद पारश मणि गेलालले मेयर सरूवा गर्नुपर्छु भनेर दिएको अभिव्यक्ति भाइरल भएको छ। भाइरल भिडिओमा उनले टेलिफोनमा कुनै व्यक्तिसँग कुराकानी गरिरहेको देखिन्छ। सार्वजनिक भएको भिडिओ क्लिपमा उदयपुर–१ का सांसद गेलाल भन्छन् अधिकृत भनेका कर्मचारी हुन्। कर्मचारी सुध्रन सक्छन्। अब मेयर नै सरूवा गर्नुपर्छ। मेयर सरूवा गर्ने तयारी गर्नुस् भनेको छु। तपाईंको विषय मैले बुझेँ। म त्यहाँ आएको बेला यो स्कुललाई ।
भिडिओको अगाडि र पछाडिको भाग छैन। भिडिओमा उनले कोसँग के विषयमा कुराकानी गर्दै थिए भन्ने खुल्दैन। भिडिओ रास्वपाकै उदयपुर क्षेत्र नंम्बर २ का सांसद सूर्यबहादुर तामाङले फेसबुकमा राखेका छन्। तर गेलालले भने भिडिओ कसले खिच्यो र राख्यो भन्ने विषयमा अनभिज्ञता प्रकट गरे। सांसद गेलाल ले आफूलाई टेलिफोन गर्ने व्यक्तिलाई पनि नचिन्ने बताए।
नेपालको संविधान अनुसार नगरपालिका र उपमहानगरपालिका र महानगरपालिकामा मेयर चुनावबाट चुनिन्छन्। उनीहरु जनताको मतद्वारा निर्वाचित हुन्छन्। स्थानीय सरकारका प्रमुखमा निर्वाचित हुने पदका व्यक्ति सरुवा गर्न मिल्दैन। जसरी गेलाल जस्तै निर्वाचित सांसदको सरुवा गर्न मिल्दैन। स्थानीय तहमा खटिने कर्मचारी भने संघीय सरकारबाट खटिएको भए संघीय सरकार र प्रदेशबाट खटिएको भए प्रदेश सरकारले सरुवा गर्न सक्छ। स्थानीय तहले पनि आफूले नियुक्ति गरेका कर्मचारी सरुवा गर्न सक्छ।
सांसद गेलालले यसरी निर्वाचित जनप्रतिनिधलाई नै सरुवा गरिदिन्छु भनेर टिप्पणी गरेको भिडिओको कमेन्टमा धेरैले संविधान नै थाहा नपाएको भन्ने टिप्पणी गरेका छन्। कतिपयले राष्ट्रिय स्वतन्त्र पार्टीले ुजान्नेलाई छान्नेु भनेर दिएको निर्वाचनको नाराकै खिल्ली उडाइएको बताएका छन्। तर सांसद गेलालले भने आफूले राजनीतिक अभिव्यक्ति दिएको बताए। मैले निर्वाचनबाट सरुवा गर्ने भनेको हो गेलालले भाइरल भिडिओबारे प्रस्टीकरण दिदैँ भने, कति खेर खिचेर कसले हाल्यो भन्ने टुङ्गो छैन। उनले टेलिफोन गर्ने व्यक्तिले अधिकृत सरुवा गरिदिनुपर्यो भनेर गुनासो गरेको बताए।
मैले अधिकृत सरुवा भएर जहाँ गए पनि काम गर्न, उसलाई सुधार्नुपर्छ। तर निर्वाचनबाट मेयर सरुवा गरौं। मेयरको सरुवाको तयारी हानौं भनेको होु, गेलालले भने राजनीतिक भाषा हो। अहिले उठाइरहेका छन्। मेयर सरुवा हान्नुस्, तयारी गर्नुस् भनेको राजनीतिक कुरा हो। उडाउनेहहरुको बौद्धिकतामा प्रश्न आउँछ। उनले आफू संविधान र संवैधानिक प्रावधानबारे जानकार रहेको बताए।
सडकको कालोपत्रे समय नपुग्दै उप्कियो भनेर उडाउँदैनन्। दुई सय मिटर ग्राभेल नगर्दा विद्यार्थी हिलोमा हिँडिरहेका छन्। हिलो भयो भनेर उडाउँदैनन्, सांसद गेलालले भने, राजनीतिक भाषामा उडाउँदा रहेछन् । के गर्नु । प्रसंवगश प्रयोग भएको शब्दमा उडाइएको छ। रास्वपाको वेबसाइटमा राखिएको विवरण अनुसार गेलाल राजनीतिमा आउनुअघि पत्रकार र शिक्षक थिए। त्यस्तै उनी गाडीको डिलर सञ्चालन गर्थे। सांसद हुनु अघि उनी ुजी मोस्टर्सु कार्यकारी निर्देशक थिए।
