चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन उद्घाटनस्थल भरतपुरस्थित गेस्टहाउस चौर जलमग्न बनेको छ । गएरातिको भारती वर्षासँगै टेन्टभित्र पानी जमेको हो । मञ्च राखिएको ठाउँमा पनि पानीको दह छ ।
अहिले मोटरको सहयोगमा जमेको पानी निकालिँदैछ । मञ्च निर्माण अहिले पनि धमाधम छ ।
दिउँसो २ बजेबाट सुरू हुने महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाहले संयुक्त रूपमा गर्दैछन् ।
