काठमाण्डौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ। शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पदाधिकारीको मतगणना सुरु गरिएको हो।
निर्वाचन समितिका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँगको बैठक सकिएपछि मतगणना सुरु गरिएको हो।
मतगणनाका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा तीन स्थानको व्यवस्था गरिएको छ। विभिन्न १४ कोठामा सीसी क्यामेरा जडान गरी कडा सुरक्षा व्यवस्थाका साथ मतगणना भइरहेको छ। यसअघि शुक्रवार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो। सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराएका थिए।
