काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले प्रथम महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाह सँगसँगै रहेको तस्बिरसहित लोगो सार्वजनिक गरिएको हो।
रास्वपा महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधिको शुल्क तय गरेको छ । प्रति प्रतिनिधि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पर्यवेक्षकलाई थप दुई हजार तोकिएको छ ।
पर्यवेक्षकलाई पाँच हजार तय गरिएको छ । आर्थिक रुपमा विपन्न सदस्यहरूको लागि पार्टीले सहायता कोष सञ्चालन गर्ने जानकारी गराइएको छ ।रास्वपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या तीन हजार हारहारी रहने छ । रास्वपाले प्रथम महाधिवेशन यही महिना (असार)को ७ देखि ९ गतेसम्मे चितवनमा गर्ने गरी तयारी गरेको छ । पार्टी गठन भएको चार वर्ष पुगेकै दिनबाट महाधिवेशन सुरु गर्न लागिएको हो महाधिवेशनका लागि मूल आयोजक समिति सहित १८ वटा उपसमिति गठन गरिएको छ ।
