काठमाण्डौं । रास्वपा सभापति रवि लामिछानेले सांसदहरूलाई आफ्नो भूमिका र जिम्मेवारी पहिचान गर्दै निर्बाध रूपमा काम गर्न निर्देशन दिएका छन् । शुक्रबार कोशी प्रदेशका सांसदहरूसँग भएको छलफलमा पार्टी सभापति लामिछानेले १०० दिनसम्म सांसदहरूको कार्यसम्पादनबारे कुनै टिप्पणी नगर्ने बताउँदै जिम्मेवारीअनुसार सक्रिय हुन आग्रह गरे ।
छलफलका क्रममा लामिछानेको भनाई उदृत गर्दै सांसद गणेश कार्कीले भने, ‘आज खासगरी सांसदहरूको अनुभूति सुनाउनेजस्तो मात्रै थियो। उहाँले १०० दिनसम्म सांसदहरूको कामको टिप्पणी नगर्ने, आफ्ना काम र जिम्मेवारीको पहिचान गर्न भन्नुभएको छ।’
सभापति लामिछानेले प्रदेशगत रूपमा सांसदहरूसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेका छन्। शुक्रबार उनले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन्।
