काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा। मनोज शर्माको सुनुवाइ दिउँसो साढे १ बजे हुने भएको छ । संसदीय सुनुवाइ समितिका सचिव तुलप्रसाद कडेलले दिउँसो १ बजे सुनुवाइ हुने भन्दै उपस्थित हुने व्यवस्था मिलाइदिन संवैधानिक परिषद्लाई पत्र लेखेका छन् ।
शर्माविरूद्ध १६ वटा उजुरी परेका छन्। संवैधानिक परिषदको बहुमतले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो।
समितिमा बिहान शर्माविरूद्ध परेका उजुरीबारे छलफल भएको थियो ।
