काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनित गरेका छन् । पार्टी विधानको धारा २१ को उपधारा ९४० श्रेष्ठलाई केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
श्रेष्ठ यसअघि १४औं महाधिवेशनबाट आएको कार्यसमितिमा पनि कोषाध्यक्षको जिम्मेवारीमा थिए । उनलाई तत्कालीन सभापथती शेर बहादुर देउवाले कोषाध्यक्षमा मनोनीत गरेका थिए । श्रेष्ठ दोस्रो कार्यकालका लागि कोषाध्यक्ष मनोनीत भएका हुन् ।
विद्यालय देखि विभिन्न व्यवसायमा रहेका श्रेष्ठलाई पार्टीको कोषाध्यक्षको जिम्मेवारी दिएको भन्दै यसअघि तत्कालिन सभापति शेरबहादुर देउवाको कांग्रेसभित्रबाट तीब्र आलोचना भएको थियो ।
