काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गरिरहेका छन् । अल जजिराका अनुसार ग्रेट हल अफ द पिपलमा भइरहेको भेटवार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित छन् ।
चीनले ट्रम्पलाई विदेशमन्त्री बन्नुअघि दुई पटक प्रतिबन्ध लगाएको थियो । तर रोचक कुरा के छ भने, बेइजिङमा अमेरिकी समकक्षीसँग हुने उच्चस्तरीय वार्ताअघि राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ हुनुपर्ने बताएका थिए ।
जवाफमा राष्ट्रपति ट्रम्पले सीलाई ‘महान नेता’ भन्दै दुई महाशक्तिबीचको सम्बन्ध पहिलाभन्दा अझ राम्रो हुने उल्लेख गरेका थिए । पहिलो कार्यकालमा ट्रम्प सन् २०१७ को नोभेम्बरमा बेइजिङ गएका थिए । त्यसपछि अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
