काठमाडौँ । प्रधानन्यायाधीश सिफारिस प्रकरणपछि पूर्वप्रधानमन्त्री सुशीला कार्की र हालका प्रधानमन्त्री बालेन्द्र शाहको सम्बन्धमा गम्भीर दरार आएको छ । यसअघि बालेनलाई छोरमसरह मान्ने सुशीला अहिले उनीसित नराम्ररी चिढिएकी छन् ।
पहिलो वरियताकी न्यायाधीश सपना प्रधान मल्ललाई पन्छाएर चौथो वरियताका डा. मनोजकुमार शर्मालाई संवैधानिक परिषद्ले सिफारिस गरेपछि कार्की असन्तुष्ट बनेकी हुन् । आज आफूलाई आमा भन्दै सम्बोधन गरेका एक पत्रकारलाई उनले कडा भाषा प्रयोग गर्दै अब बालेनको श्रीमतीलाई आमा भन्नझ सुझाव दिइन् ।
युट्युवर दिवाकर साहले ञआमा दर्शनझ भन्दै कार्कीसामू माइक तेर्स्याउन पुगेका थिए । कार्कीले ञको हो आमा भन्ने रुझ भन्दै यताउता हेरिन् । अनि साहलाई देखेर भनिन्, तिमीहरूको आमा फेरिइसक्यो । म मेरो बच्चाको मात्रै आमा हो । साहले भने, होइन, तपाईं देशकै आमा हो । कार्कीले जवाफ फर्काइन्, ञमलाई होइन, बालेनकी श्रीमतीलाई आमा भन्नू ।
