काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले पाएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा समूह रक्षात्मक बनेको छ । पार्टीमा आगामी रणनीति कस्तो अपनाउने भनेर यो समूहका नेता पूर्णबहादुर खड्काले विभिन्न छलफल गरिरहेका छन् ।
आज देउवा समूहका पूर्व केन्द्रीय सदस्यहरू भेला भएका छन् । नेताहरू धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा भेला भएका हुन् । यसअघि शनिबार खड्काले आफ्नो निवासमा बोलाएर तत्कालीन पदाधिकारीहरूसँग छलफल गरेका थिए । छलफलले सर्वोच्च अदालतको निर्णयमा असहमति भए पनि स्वीकार गर्ने निष्कर्ष निकालेको थियो ।
भेलामा पूर्णबहादुर खड्का, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमानसिंहलगायत नेताहरू सहभागी छन् । आजको भेलाले पार्टीमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने नेताहरूले बताएका छन् । बैठकमा सहभागी नेताहरूले पार्टीको नयाँ संरचनामा कसरी प्रस्तुत हुने र आन्तरिक शक्ति सन्तुलनलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे धारणा राखिरहेका छन्।
यसअघि शनिबार नेता खड्काले आफ्नै निवासमा तत्कालीन पदाधिकारीहरूसँग प्रारम्भिक छलफल गरेका थिए। उक्त छलफलले सर्वोच्च अदालतको निर्णयप्रति असहमति रहे पनि त्यसलाई कानुनी रूपमा स्वीकार गर्दै अघि बढ्ने निष्कर्ष निकालेको थियो।
