कीर्तिपुर । रौतहटका बिनोद कुमार साह काठमाडौँमा तरकारी व्यवसाय गर्नुहुन्छ । अरूबेला आफ्नो काममा भ्याइ नभ्याइ हुने साहलाई नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा भइरहेको नेपाल प्रिमियर लिग ९एनपिएल० हेर्न कामले रोकेन । साह कामलाई थाती राखेरै भए पनि त्रिवि क्रिकेट मैदानमा एनपिएल हेर्न आइरहनुभएको छ ।
उहाँ आफूले समर्थन गर्ने समूहबाहेकको खेल हेर्न पनि आउने गर्नुभएको छ । “मेरो समर्थन त जनकपुरलाई छ तर आफूले समर्थन गर्ने समूहको खेलबाहेक अन्य खेल पनि समय मिलाएर हेरिरहेको छु,” उहाँले भन्नुभयो । उहाँ बाल्यकालदेखि नै क्रिकेटप्रेमी हुनुहुन्छ । उहाँलाई मात्रै होइन यतिबेला एनपिएलले धेरै नेपालीको ध्यान तानेको छ । यसैमध्येका सुदूरपश्चिमको दार्चुला घर भएका सम्राट विष्ट पनि परिवारसहित क्रिकेट हेर्न कीर्तिपुर आइपुग्नुभएको छ ।
उहाँको नजरमा नेपाली क्रिकेटले छोटो समयमा धेरै ठुलो प्रगति गर्न सफल भएको छ । नेपाली क्रिकेटका लागि सरकारले थप सहयोग गर्नुपर्ने उहाँको धारणा छ । “अहिलेसम्मको उपलब्धि धेरै राम्रो छ, क्रिकेटलाई विश्वस्तरमा चिनाउन सरकारको थप सहयोग आवश्यक पर्छ । अहिलेको सरकारले त्यसमा ध्यान दिनु पर्छ,” विष्टले भन्नुभयो । आफ्नो मनपर्ने समूहले जितोस् भन्ने चाहनासहित खेलाडी र टिमलाई समर्थन गर्नेबाहेक मनोरञ्जनका लागि मात्रै आउनुहुने दर्शकको सङ्ख्या पनि उल्लेख्य छ ।
अमेरिकाको टेक्सासमा बस्दै आउनुभएका युधिष्ठिर नेपाल क्रिकेटमा नेपालले धेरै नै प्रगति गर्दै आएको बताउनुहुन्छ । “यही टिमलाई समर्थन भन्ने छैन, नेपाली खेलाडीले क्रिकेटमा गरेको प्रगति देख्दा खुसी लाग्छ, अमेरिकाबाट दसैँमा परिवार भेट्न आएको थिएँ, एनपिएल चलिरहेकाले समय मिलाएर खेल हेर्न आइपुगेँ,” नेपालले भन्नुभयो । खेलाडीको क्षमता बढाउन र युवा खेलाडीलाई प्रोत्साहन गर्न सरकारको थप चासो आवश्यक पर्ने उहाँको भनाइ छ ।
नेपालको घरेलु क्रिकेटकै सबैभन्दा ठुलो र प्रतिष्ठित लिग एनपिएलले यतिबेला क्रिकेटप्रेमीमा रौनकता छाएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म एनपिएल हेर्न कीर्तिपुर आइपुग्ने गरेका छन् । नेपाली मात्रै होइन नेपाल घुम्न आएका विदेशी पर्यटक पनि एनपिएल हेर्न आउने गरेका छन् । संयुक्त अधिराज्य ९बेलायत० बाट नेपाल घुम्न आउनुभएका थेसर सिन क्रिकेट हेरेर मनोरञ्जन लिएको बताउनुहुन्छ । उहाँले आफू नेपाली खेलाडीप्रति प्रभावित भएको पनि बताउनुभयो ।
एनपिएल तेस्रो संस्करणसम्म आइपुग्दा प्रविधिमा पनि फड्को मार्न सफल भएको छ । एनपिएलको तेस्रो संस्करणमा नेपालमै पहिलो पटक डिसिजन रिभ्यु सिस्टम ९डिआरएस० प्रयोग गरिएको छ । क्यानका सचिव पारस खड्का प्रविधिको उच्चतम प्रयोगले नेपाली क्रिकेटलाई अन्तर्राष्टियस्तरमा चिनाउन सफल हुने बताउनुहुन्छ ।
दस स्थानमा ‘फ्यान जोन’
एनपिएलको तेस्रो संस्करणको खेल हेर्न देशका विभिन्न सहरमा ‘फ्यान जोन’ सञ्चालन गरिएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण सामूहिक रूपमा हेर्न देशभरका १० सहरमा ‘फ्यान जोन’ सञ्चालन गरिएको छ । जहाँ ठुला एलइडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरिएको छ । काठमाडौँको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको गेट नम्बर २ अगाडिको मैदानमा खेल हेर्ने व्यवस्था मिलाइएको छ ।
काठमाडौँ उपत्यकाबाहिर कर्णालीको सुर्खेतस्थित घन्टाघर डबली, सुदूरपश्चिमको धनगढीस्थित कबर्ड हल क्षेत्र, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेजपरिसर, मधेशको जनकपुरस्थित बाह्रबिघा चौर र विराटनगरस्थित पुरानो गुद्री मैदानमा ‘फ्यान जोन’ सञ्चालन गरिएको छ ।
