काठमाडौं। इस्लामावादमा भएको पछिल्लो चरणको वार्तामा संयुक्त राज्य अमेरिका र इरानबिच कुनै सहमति हुन नसकेको अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले बताउनुभएको छ ।
अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले इरानसँग चलिरहेको ऐतिहासिक शान्ति वार्ताका विषयमा एक पत्रकार सम्मेलनमार्फत उहाँले लगातार २१ घण्टासम्म चलेको सघन छलफलमा अमेरिकाले आफ्नो धारणा स्पष्ट रूपमा राखिसकेको भएपनि इरान कुनै सर्तहरूमा सहमत नभएको जानकारी गराउनुभएको हो ।
यस्तै, भेन्सले छलफल सद्भावका साथ गरिएको थियो तर प्रस्तावले अझै स्वीकृति पाउन नसकेको बताउनुभयो । तर अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने इरानी वार्ताकारहरूले अमेरिकी सर्तहरू स्वीकार नगरेको बताएका छन्। उनका अनुसार ती सर्तहरू “धेरै लचिलो” थिए र तेहरानले परमाणु हतियार त्याग्ने प्रतिबद्धता जनाएको थिएन। दुवै पक्षले एक–अर्कालाई दोष लगाउँदै वार्ता असफल भएको पुष्टि गरेका छन्।
