काठमाण्डौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राइले अमेरिकी सहयोग परियोजना ९एमसीसी० खारेज गर्न माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। देशको स्वाधिनता, भूराजनीति, सैन्य रणनीतिका साथ ल्याइएको एमसीसी खारेज गर्नुपर्छ,’ उनले बैठकमा भने, ‘सीमावर्ती क्षेत्रमा नेपाल सरकारले निगरानी राख्नुपर्छ।’
उनले सबै सांसदको सम्पत्ति छानबिन गर्न पनि माग गरे। शिक्षालाई उत्पादन, निर्माण र आविष्कारसँग जोड्नुपर्छ, सरकारले त्यसमा ध्यान देओस्,’ उनले भने। उनले जीवनोपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड दिए। उनले समयको ख्याल गर्न पनि सबैसँग आग्रह गरे। ‘१६ मिनेट ५५ सेकेण्ड हामी ढिला भयौ। जनताले हामीलाई ढिला गर भनेर यहाँ पठाएको जस्तो मलाई लाग्दैन’ उनले भने, ‘नेपाल हो, नेपाली हो भन्ने जुन भाष्य मनमा लिएर बसेका छौँ, यो गलत हो। आउँदा दिन बैठक सुरु हुनुभन्दा थोरै ५ मिनेट अघि आउनुपर्छ।’ सांसद राईले संसदभित्र विभेद भएको गुनासो पनि गरे। ‘हामी पनि जनताले चुनेका जनप्रतिनिधि हौँ।
जनताका माग राख्न प्रसस्त समय दिनुपर्छ।’ उनले जेनजी आन्दोलनमा डिस्कर्ड चलाएर स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने तथा भदौ २४ मा सर्वोच्च र संसद् भवन जलाउनेहरूलाई कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरे । सम्पत्ति शुद्धीकरणसम्वन्धी छानबिन आयोग गठन गरेर मन्त्री र सांसदहरूको छानबिन गर्नुपर्ने तर त्यो आफैँबाट सुरु गर्नुपर्ने, शिक्षालाई उत्पादन र आविष्कारसँग जोड्नुपर्ने बताए । ‘हप्तामा ३ दिन मात्र पढ्दा हुन्छ चार दिन उत्पादनमा जोड्नुपर्छ’, साम्पाङले कृषिमा देखिएका समस्या हल गर्नुपर्नेमा जोड दिए ।
उनले एक पालिकामा एक उद्योग र रोजगार तथा बन्द उद्योग सञ्चालनको नीति ल्याउनुपर्ने, जनताको सेवा सुविधा र सार्वजनिक हितका लागि प्राकृतिक स्रोतसाधन सदुपयोग गर्न सहज नियम कानुन बनाउनुपर्ने बताए । सुशासन, शान्ति सुव्यवस्था, खानेपानी लगायतका समस्या समाधान गर्नुपर्ने, हतारका सरकारका निर्णय कार्यान्वयन गर्न नहुने तथा सल्लाह गरेर मात्र अघि बढे सरकारलाई सहज हुने बताए । उनले बृद्धभत्ता जस्ता विषय फेरबदल गर्ने कुरामा पुनर्विचार गर्नुपर्ने, सुकुम्वासी भूमिहीनको समस्या पहिचान गर्नुपर्ने र उपत्यकाबाहिर पनि नेपाल छ भन्ने कुरामा ध्यानाकर्षण गराउँदै भूपू गोरखाको पेन्सनबारे उपयुक्त नीति बनाउनुपर्ने लगायतका सुझाव सरकारलाई दिए ।
