काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक कलह बिर्सेर एकजुट हुन आग्रह गरेका छन्। महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अहिलेको प्रतिकुलतामा छिनभिन्न भएर बिग्रन नहुने भन्दै एकतावद्ध हुन अपिल गरेका हुन्।
‘देशका हरेक संकटमा नेपाली काङ्ग्रेससँगै रहेर एकजुट रहेको आएको छ,’ पौडेलले भनेका छन्, ‘एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता पनि हासिल गरेको छ।’ अहिलेको प्रतिकुलतामा पनि छिन्नभिन्न भएर बिग्रनु नहुने भन्दै उनले पार्टी महामन्त्री मात्र नभै इमान्दार कार्यकर्ता भएर एकजुट हुन अपिल गरेको बताए ।
अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न,’ उनले भने, ‘म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु( हामी सबै एकजुट होऔँ म नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तामा अनुरोध गर्छु( एकतामा नै शक्ति छ, र यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौँ।
