काठमाण्डौं । नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपण अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल देखिनेछ।
यस क्रममा दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीरअसिनासहित मध्यम वर्षारहिमपात हुने सम्भावना छ। यसैबिच आज काठमाडौँ उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।
‘अहिले काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ’, उनले भने, ‘मेघगर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’ यस्तै राति कोसी प्रदेशलगायत देशका हिमाली भेगको आकाशमा साधारणतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बादल देखिनेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ। यस क्रममा राति कोसी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
