काठमाण्डौं । प्रतिनिधिसभा सांसद हर्क साम्पाङले राज्यको ढुकुटी बाँड्नु भनेको भ्रष्टाचार गर्नु भएको बताएका छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले सहकारीको बचत फिर्ता गर्दा राज्यको ढुकुटीबाट नभइ ठगहरूको जायजेथाबाट असुलेर फिर्ता गर्न आग्रह गरेका छन्।
सहकारीको बचत फिर्ता गर्छु भन्ने रास्वपाले राज्यको ढुकुटीबाट होइन ठगहरूको जायजेथाबाट असुलेर फिर्ता गरोस् , सांसद हर्क साम्पाङ्गले सामाजिक सञ्जालमा लेखेका छन्– राज्यको ढुकुटी बाँड्नु भनेको भ्रष्टाचार गर्नु हो ? जनताले तिरेको कर बाँड्न मिल्दैन, योजनाबद्ध खर्चनु पर्छ ?
