काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन योगासँगै सुरुवात भएको छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा जारी कार्यक्रममा आज सभापतिको सम्बोधनको तालिका छन् ।
मंगलबारबाट जारी अभिमुखीकरणमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुन पाएका थिएनन् । आज सभापति लामिछाने र वरिष्ठ नेता शाह समापनमा सहभागी हुन लागेका हुन् ।
आज सभापति रवि लामिछानेले सम्बोधन गरेसँगै अभिमुखीकरण समापन गर्ने तयारी छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए ।
