काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा तुवाँलोका कारण आकाश धुम्मिएको छ। पछिल्ला केही दिनदेखि मौसम पूर्ण रूपमा खुल्न सकेको छैन र देशभर वायुप्रदूषणको स्तर उच्च रहेको छ। विशेषगरी देशको पूर्वी भागमा वायुमण्डलमा अत्यधिक प्रदुषण भरिएको छ। सोही कारण काठमाडौं विश्वकै प्रदूषित शहरको १० सूचीकोभित्र परेको छ । वायुको गणस्तर मापनका आधारमा यस्तो सूची सार्वजनिक गर्ने आइक्युएयरका अनुसारका विश्वकै प्रदूषित शहरको सूचीको दोस्रो स्थानमा काठमाडौं रहेको छ ।
काठमाडौंको हावाको गुणस्तर १८४ भन्दा माथि छ । काठमाडौंको पनि शंखपार्कमा १६७ इन्डेक्स रहेको छ । नेपालमा काठमाडौंको मात्र नभई इलाम प्रदूषित शहरको भित्र परेको छ । देउखुरी दाङ , भैसेपाटी, भक्तपुर रत्नपार्क,खुमलटार , कीर्तिपुर सबैभन्दा प्रदूषित रहेको छ । सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । तर यी ठाउँमा हावाको गुणस्तर ९एयर क्वालेटी इन्डेक्स० १६० भन्दा माथि छ । यो अवस्था खतराको संकेत हो ।
जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले यतिबेला विराटनगर पनि अत्यधिक प्रदुषित शहरमा उक्लिएको जानकारी दिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ एयर क्वालिटी ६०७ देखाएको छ। यो अत्यधिक घातक अवस्था हो।’ उनका अनुसार भारतको बिहार र सो वरिपरि अत्यधिक प्रदूषण हुँदा त्यसको असर नेपालमा पनि देखिएको छ। अहिलेको अवस्थाबाट बच्न मास्क को प्रयोग गर्नु नै अहिलेको लागि अचुक उपाय भएको उल्लेख गर्दै बाहिरी हिडडुल कम गर्नु नै अनुरोध गरे । ‘काठमाडौंमा पनि पदूषण छ तर बढी बादल ले छोपेको हुनाले अँध्यारो भएको हो’ उनले भने ।
