काठमाडौं । निर्वाचन आयोगले २१ फागुनको निर्वाचनलाई लिएर तीन दिन विदा दिन सरकारसमक्ष सिफारिश गरेको छ । आज ( आइतबार ) आयोगले गृह मन्त्रालयलाई चिठ्ठी लेखेर तीन दिन बिदा दिन सिफारिश गरेको हो ।
निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले यही फागुन २०,२१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले सरकारसमक्ष पत्राचार गरेको छ । आयोगको सिफारिशबमोजिम सरकारले भोलिको मन्त्रिपरिषद् बैठकमार्फत नै निर्णय लिने बुझिएको छ ।
