काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ रिहा गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ।
उपाध्यक्ष रोशन कार्की नेतृत्वको राप्रपाको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटेर प्रसाईँको रिहाइको माग गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
प्रसाईँलाई बिना कारण पटक पटक पक्राउ गरिएको राप्रपाको बुझाइ छ।प्रसाईँलाई हिजो साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो।
